सिन्धुली । जिल्लामा कोरोना संक्रमितको संख्या १६० जना पुगेको छ । नयाँ भेरियन्ट सहित फैलिरहेको कोरोना संक्रमणबाट १६० जना प्रभावित भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
मंगलबार ४७ जना नयाँ संक्रमित थपिएका छन । जसमा दुधौली नगरपालिकामा ३३ जना, कमलामाई नगरपालिकामा १२ जना र मरिण गाउँपालिकामा २ जना गरि ४७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
मंगलबार दुधौलीका ४० जना, कमलामाईका १२ जना र मरिणका २ जनाको पिसिआर परिक्षण गरिएको थियो । जिल्लामा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणका कारण एक महिला र एक पुरुषले ज्यान गुमाएका छन ।




















