सिन्धुली । अब सिन्धुली अस्पतालमा ‘ख’ श्रेणीको सुविधासम्पन्न एम्बुलेन्स सुविधा हुने भएको छ । आकस्मिक विरामीका लागि एम्बुलेन्स भित्रै सबै खाले आपतकालिन सेवा सहित एम्बुलेन्स सेवा दिन सकिने भएको हो ।
सामाजिक विकास मन्त्रलाय बाग्मति प्रदेशले सिन्धुली अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्सल हस्तान्तरण गरेसँगै सिन्धुली अस्पतालमा उक्त सेवा दिन सकिने भएको हो ।
वाग्मति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आइतबार अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेललाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेका हुन ।
जिल्लामा सञ्चालित एम्बुलेन्सहरु धेरै भए पनि इसिजी, अक्सिजन स्ुविधा, अन्य आपतकालिन सेवा सहित स्वास्थ्यकर्मीको व्यवस्था हुने एम्बुलेन्सहरु थिएनन । जिल्लामा हाल दुई दर्जन बढी एम्बुलेन्सहरु सञ्चालित छन ।
सिन्धुली अस्पतालबाट आपतकालिन अवस्थामा रहेका विरामीको रिफर गर्दा बाटैमा स्वास्थ्य समस्या आई मर्नुपर्ने अवस्थाको कमी हुने विश्वास अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले गरेका छन । उनले विशेष गरि दुर्घटनाका विरामी तथा स्वासप्रश्वास लगाएतका गम्भिर विरामीका लागि ‘ख’ वर्गको एम्बुलेन्स अति आवश्यकता रहेकोमा सो को व्यवस्था गरेकोमा प्रदेश सरकारलाई धन्यावाद समेत दिएका छन ।
उक्त अस्पताललाई प्रदेश सरकारले एक वटा मोटरसाईकल समेत दिएको छ । अस्पतालको कामका लागि प्रयोग गर्न सकिने गरि १५० सिसीको पल्सर मोटरसाईकल समेत दिएको पोखरेलले बताए ।






















