सिन्धुली । समाजसेवी उज्जल विक्रम थापा र ले सिन्धुली अस्पताल लगाएत फ्रन्ट लाईनमा कोभिड १९ को रोकथाम, उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी, पत्रकार, प्रहरी तथा प्रशासनलाई २६ हजार थान मास्क उपलब्ध गराएका छन ।
उनले सिन्धुली अस्पताललाई २० हजार थान सर्जिकल मास्क, २५ लिटर सेनिटाईजर, ५० लिटर डिस्इन्फेक्सन उपलब्ध गराएका छन । नागरिक खबर डटकमका सम्पादक डण्ड गुरुङ र समाजसेवी थापाको सक्रियतामा जिल्लामा उक्त स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
यस्तै नेपाल पत्रकार महासंघ सिन्धुलीलाई १ हजार थान सर्जिकल मास्क, जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई १ हजार थान सर्जिकल मास्क, जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई एक हजार थान सर्जिकल मास्क उपलब्ध गराएका छन ।
यस्तै इलाका प्रहरी कार्यालय खुर्कोट, इलाका प्रहरी कार्यालय भिमानलाई ५÷५ सय थान सर्जिकल मास्क र स्वास्थ्य चौकी भिमानलाई २ सय थान सर्जिकल मास्क उपलब्ध गराएका छन ।
सिन्धुली अस्पतालमा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै थापाले अस्पतालमा उपचारका लागि आउने विरामी तथा स्वास्थ्यकर्मीका लागि मास्क उपलब्ध गराईएको बताएका छन । यस्तै फ्रन्ट लाईनमा काम गर्नेहरुलाई बढी जोखिम हुने हुदा मास्क तथा अन्य सामग्री सहयोग गरिएको उनले बताए ।
यसैबीच थापाले आमा उर्मिला थापाले कोभिड १९ व्यवस्थापनका लागि सिन्धुली अस्पताललाई २ लाख सहयोग गर्ने भनि यस अघि घोषणा गरेको रकमको चेक समेत सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेललाई हस्तान्तरण गरेका छन । सिन्धुली अस्पतालले उर्मिला थापालाई छोरा मार्फत सम्मान पत्रले सम्मान समेत गरेको छ ।
उक्त रकम अस्पतालको पोष्ट अप्रेशन वार्ड निर्माणका लागि खर्च गरिने बताएका छन । उनले अस्पताललाई भ्रष्टाचारको विल्ला नलगाउन र अस्पतालमा आएर सबै आम्दानी खर्च विवरण हेर्न पत्रकारलाई अनुरोध समेत गरेका छन ।
अस्पताल सबैको साझा भएको बताउँदै एक सय शैयाको सुविधा सम्पन्न अस्पताल बनाउन सबैको सहयोग आवश्यक रहेको पोखरेलले बताए ।





















