सिन्धुली । सुनकोशी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित एम्बुलेन्सलाई कोभिड १९ नियन्त्रणमा उच्च सतर्कताका साथ परिचालन गर्ने भएको छ । जसका लागि चालकलाई प्रोत्साहन गर्ने भएको छ ।

यस्तै गाउँपालिकाले स्वास्थ्य शाखा मार्फत सम्पर्क शुक्र बलियो बनाउन सबै एम्बुलेन्स चालकलाई १÷१ सेट मोवाईल उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै गाउँपालिकाले एम्बुलेन्स चालकलाई पिपिई सेट, मास्क र सेनिटाईजर समेत उपलब्ध गराई उच्च सतर्कताका साथ खटाउने निर्णय गरेको छ ।
यस्तै गाउँपालिका भित्र सञ्चालनमा रहेका एम्बुलेन्सलाई पार्टेसन गरिने भएको छ । कोभिड १९ रोकथामका लागि लागि विरामी बोक्न सहज बनाउनका लागि ती एम्बुलेन्सहरुलाई पार्टेसन गरिने भएको हो । पार्टेसनको खर्च गाउँपालिकाले बेहोर्ने भएको हो ।
गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। यस अघि गाउँपालिकाले सबै एम्बुलेन्स चालकको विमा समेत गर्ने निर्णय गरेको छ ।




















