सिन्धुली । सिन्धुलीमा क्वारेन्टाईनमा रहेनेको संख्या ९३ रहेको छ । जसमा ९ महिला र ८४ जना पुरुष रहेका छन ।
जसमध्ये कमलामाई नगरपालिकामा ३३ जना, दुधौली नगरपालिकामा ३९ जना, तिनपाटन गाउँपालिकामा ३ जना, गोलञ्जोर गाउँपालिकामा ५ जना, घ्याङलेख गाउँपालिकामा १ जना, फिक्कल गाउँपालिका १ जना, मरिण गाउँपालिकामा ७ जना, हरिहरपुरगढी ३ जना र सुनकोशी गाउँपालिकामा १ जना क्वारेन्टाईनमा रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै सोमबार क्वारेन्टाईनबाट २५ जना घर फर्केका छन । जसमा ५ जना महिला र २० जना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिएका छन । उनका अनुसार १४ दिन क्वारेन्टाईनमा बसी स्वास्थ्य परिक्षण गरि उनीहरुलाई घर पठाईएको हो ।
घर फर्कनेमा कमलामाई नगरपालिकाको क्वारेन्टाईनबाट २१ जना, तिनपाटन गाउँपालिकाबाट ३ जना र फिक्कलबाट १ जना रहेको न्यौपानेले बताए । सोमबार फिर्ता भएका सहित जिल्लामा हालसम्म क्वारेन्टाईनमा बसी ३ सय ४ जना घर फर्केका छन । जसमा ६१ जना महिला र २ सय ४३ जना पुरुष रहेका छन ।




















