सिन्धुली । नयाँ नक्सा सहितको नयाँ निशान छाप संविधानमै व्यवस्था हुने गरि संसदबाट पारित भएपछि सिन्धुलीमा दिपावली गरिएको छ ।
नेकपा समर्थक राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सिन्धुलीको आयोजनामा शनिबार साँझ सिन्धुलीमाढीको जुनार चोकमा दिप प्रज्वलन गरिएको हो ।

युवा तथा विद्यार्थीले नेकपाका केन्द्रीय सदस्यहरु उमा कोइराला, कमलजंग राई तथा जिल्ला नेताहरु सहितको उपस्थितिमा दिपावली गरेका हुन ।




















