• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अमेरिकामा किन राष्ट्रियस्तरमा लकडाउन छैन

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
चैत्र २०, २०७६
in Featured, Opinion
0

Share via:

181 Shares
  • Facebook 181
  • Twitter
  • LinkedIn
  • More

प्रो. लरेन्स गोष्टिन
जर्जटाउन विश्वविद्यालय
सराह वेट्टर ओ नेइल इन्स्टिच्यूट

अमेरिकाले कोभिड १९ भाइरसको संक्रमण केसहरुमा (१,२०,०००) संसारका सवै देशहरुलाई नाघि सक्यो र २ हजार जना भन्दा वढी संख्यामा मृत्यु पनि भैसकेको छ । अमेरिकाका धेरै राज्यहरुले यो भाइरसलाई फैलिन नदिन ब्यापक रुपमा व्यवसायहरु बन्द गराउने र आफ्ना नागरिकहरुलाई आ–आफ्नो घरभित्रै बस्न आदेश गरिरहेका छन् । तर पनि राष्ट्रिय स्तरको आदेशको अभावले गर्दा राज्य राज्यबीच यस्ता प्रयासहरुमा एकरुपता र प्रभावकारिता देखिएको छैन । यसैले गर्दा अमेरिकीहरु निर्धक्कसँग कोभिड १९ को भाइरसहरु न्यूयोर्क जस्तो हट सेन्टरबाट सियाटल जस्तो न्यून प्रभाव क्षेत्रमा ओहोर दोहोर गरिरहेका छन् ।

फोटो : गुगलबाट

चीनको कुरा पृथक छ । यो माहामारीको सुरुवातीतिर (सन २०१९) कोभिड १९ को केन्द्रमा नयाँ संक्रमितहरुको प्रतिवेदन शुन्य थियो । तर आज भन्दा करिव १ महिना अघि मात्र चीनको मध्यभूमीमा दैनिक हजारौं नयाँ संक्रमितहरु देखिन थाले र चीनको हुवेई प्रान्त त पृथ्वीको सवैभन्दा धेरै संक्रमितहरुको शहर बन्न गएको थियो । तर चीनले यो माहामारीलाई शसक्तसँग दवाउन सफल भयो । खासगरी चीनको यो सफलता उ आक्रमक रुपमा प्रस्तुत भएर गरेको ब्यापक परिणाम दिने उपायहरुको अवलम्बन जस्तै ः करिव ६ करोड नागरिकहरुलाई संक्रमितहरुसँग सम्बन्ध विच्छेद गराउनको लागि घरभित्रै थुन्ने, पुरै हुवेई प्रान्तमा हिडडुलमा प्रतिवन्ध लगाउने, जो जो संक्रमित थिए उनीहरुलाई वलपूर्वक हप्तौंको लागि आइसोलेसन सेन्टरमा पठाउने जस्ता कार्यहरु चीनले कठोरसँग अवलम्बन गरेको थियो ।
चीनमा सार्वजनिक यातायातहरु वन्द गरिए, हतियारधारी सुरक्षाकर्मीहरु परिचालन गरिए, नागरिक इन्टेलिजेन्सीहरु ठाउँ ठाउँमा खटाइए र उच्च प्रविधिको निगरानीले गर्दा बृहत क्वारेन्टाइनलाई मद्दत पु¥यायो । वास्तवमा यो कार्य एउटा गज्जवको सन्तुलन थियो । खासगरी यो सन्तुलन ब्यक्तिगत स्वतन्त्रता जस्तै हिडडुल गर्न पाउने र गोपनीयताको बन्देज र कोभिड १९ भाइरस संक्रमण गर्ने सफल प्रयासको बीचको ।
अरु देशहरु, खासगरी पश्चिमा प्रजातान्त्रिक देशहरु जस्तै इटाली, स्पेन र फ्रान्सले चीनकै तरिका अवलम्बन गरिरहेका छन् । पुरै देश नै वन्द गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त भारतका करिव १ अर्व ३० करोड जनसंख्यालाई २१ दिनसम्म निवासस्थल मै वन्द गर्ने आदेश गरे । भारतको घटना त संक्रमणबाट वच्न गरेको इतिहासकै गज्जवको र ठुलो गतिविधि होे ।
यस्तै बीचमा संयूक्त राज्य अमेरिका जहाँ कोभिड १९ भाइरस अपत्यारिलो गरी फैलिरहेको छ । यस विरुद्घमा अमेरिका योजनावद्घ किसिमले प्रतिकार्य गरिरहेको छैन । धेरै राज्यहरु र जिल्लाहरुले आफ्ना क्षेत्र भित्रका ब्यापार व्यवसायहरु, विद्यालयहरु, र कार्यस्थलहरु वन्द गर्ने आदेश गरिसके । सार्वजनिक स्थलहरुमा जम्मा हुने नागरिकहरुको संख्या सिमित गरि सके । कम्तिमा पनि २४ वटा राज्यले निर्देशन गरि सकेकी प्रत्येक नागरिकहरु जुन ठाउँमा उनीहरु छन् त्यही ठाउँमा आश्रय लिने अथवा घरमा हो भने घरभित्रै वस्ने कुरा । तर वाँकी राज्यहरुले यी सवै कुरामा कुनै प्रतिवन्ध वा निर्देशन गरेका छैनन् । यी राज्यहरुमा ब्यापार व्यवसायहरु सञ्चालनमा छन्, रेष्टुरेन्टहरु चलिरहेका छन्, स्कुल खोल्ने वा वन्द गर्ने निर्णय गर्न स्वयम स्कुललाई नै दिइएको छ । आखिर अमेरिका किन आक्रामक निर्णय लिन सकिरहेको छैन त ?
आजकाल कोभिड १९ भाइरस महामारीको सन्दर्भमा खासगरी राष्ट्रिय र क्षेत्रीय लकडाउनबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकदमै अस्थाई मनसुवामा डुविरहेका छन् । गएको मार्च २४ मा राष्ट्रपतिले अमेरिकाका व्यवसायहरु वन्द र व्यक्तिगत दुरता कायम गर्ने सम्बन्धमा निम्तिन सक्ने सामाजिक तथा आर्थिक संकटलाई मध्यनजर गरेर बोलेका थिए ‘अमेरिका बन्द व्यापार र व्यवसायका लागि अप्रील १२ सम्म खुल्ला रहन्छ ।’
राष्ट्रपति ट्रम्पको यो मन्तब्य लगत्तै जनस्वास्थ विज्ञहरुले अमेरिकाले लकडाउनको अवलम्बन नगर्दा कोभिड १९ भाइरसको कारणबाट झन अधिक मृत्यू संख्या वढ्ने चेतावनी दिएबाट प्रभावित भएर राष्ट्रपति ट्रम्पले अप्रील १२ सम्मको अवधीलाई अप्रिलको अन्तसम्म झारेका थिए । मार्च २८ का दिन राष्ट्रपतिले पुनः एउटा मन्तव्य दिए । उनले भने ‘म न्यूयोर्क, न्यूजर्सी र कनेक्टीकटका केही स्थानहरु २ हप्तासम्म क्वारेन्टाइनमा राख्न पनि सक्छु ।’
यो आदेशले यी क्षेत्रहरुमा लाखौंको संख्यामा अमेरिकी नागरिकहरुको हिडडुलमा वन्देज लाग्ने छ र कोभिड १९ माहामारी न्यून क्षेत्रतर्फ व्यापक मानिसहरुको आप्रवासन सुरु हुने जोखिम छ । तर यो कदमको लागि कानून कार्यान्वयन गराउने सम्बन्धमा केही प्रश्नहरुसँग जम्काभेट भएपछि त्यो ब्यापक क्वारेन्टाइनको कुरालाई राष्ट्रपतिले छोडि दिएका छन् र यसको सट्टामा रोग नियन्त्रण तथा रोकथाम केन्द्रबाट एउटा आन्तरिक यात्रा व्यवस्थापन अधिकारीको व्यवस्था गरी यी अधिकारीहरु मार्फत यी तीनवटा राज्यका जनताहरुसँग १४ दिनको लागि अति आवश्यक काम भन्दा वाहेकको अवस्थामा वाहिर हिडडुल नगर्न अनुरोध गरिएको छ ।
अमेरिकी राष्ट्रपतिले कोभिड १९ भाइरस संक्रमण रोक्ने अभियानमा कडा कदम चाल्ने भने पनि यहाँको संघिय प्रणालीले राष्ट्रियस्तरको गतिविधीहरुलाई विथोल्न सक्छ । अमेरिकामा राज्यहरुलाई मात्र जनस्वास्थ्यको कामहरु जस्तै क्वारेन्टाइनमा राख्ने, सामाजिक दुरी कायम गराउने सम्बन्धि आदेश गर्ने संबैधानिक अधिकार छ । यस्ता कार्यहरु राज्यमा प्रहरी शक्तिबाट मात्र गर्न पाइने र यो प्रहरी शक्तिको परिचालन राज्यले मात्र गर्न सक्ने हुँदा पनि कोभिड १९ संक्रमण रोक्ने अभिष्टमा गर्ने कार्यहरु राज्यबाट मात्र गर्न सम्भव छ । यो ब्यवस्था इटाली र चीन भन्दा अति नै पृथक छ ।
अमेरिकाको संघीय सरकारसँग कोभिड १९ भाइरस फैलावट रोक्ने सम्बन्धमा सामान्य अधिकारहरु मात्र छ । जस्तो की अमेरिकी राष्ट्रपतिले विदशीहरुलाई अमेरिका भित्रिन नदिन मेक्सिको र क्यानडाका सिमाहरु वन्द गरे । तर अमेरिकाको कंग्रेससँग अन्तर राज्य वन्द ब्यापार गर्ने, हिडडुल गर्ने वा वन्देज गर्ने सम्बन्धमा एकल अधिकार छ । तर यो अधिकार कंग्रेसले राष्ट्रपतिलाई नदिएसम्म यो कामको लागि राष्ट्रपति निरिह छन ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रसँग पनि क्वारेन्टाइन सम्बन्धमा सिमित अधिकार भए पनि अन्तर राज्य यात्रा रोक्ने अधिकार चै फेरी यो सँग छैन । जिका माहामारीको बेला रोग नियन्त्रण तथा रोकथाम केन्द्रले गर्भवति महिलाहरुलाई मात्र दक्षिण फ्लोरिडामा यात्रा गर्न मनाही गर्न वाहेक अरु केही कदम चाल्न सकेन ।
अमेरिकी राज्यहरुमा राष्ट्रपतिको एकदम न्यून वा भनौ शुन्य जत्तिकै अधिकार छ । खासगरी राज्यहरुसँग प्रहरी शक्ति प्रयोग गर्न पाउने संबैधानिक अधिकार भएकोले कोभिड १९ भाइरसको प्रसार तथा संक्रमणको रोकथाम गर्न कुनै पनि खालको निर्देशन गर्न सक्ने अधिकार अमेरिकी राष्ट्रपतिलाई छैन । यो अधिकार गभर्नरलाई मात्र छ । अमेरिकीहरुले आफ्नो ब्यक्तिगत सुरक्षा र गोपनियता सम्बन्धी अधिकारको प्रयोग लामो समयदेखि उपभोग गर्दै आइरहेका छन् र यस सम्बन्धमा कुनै पनि खालको अंकुश लगाएमा अमेरिकी विधी कानून उल्लंघन हुने हुन्छ । त्यसैले पनि अमेरिकामा क्वारेन्टाइन र सामाजिक दुरीको आदेश पालना गराउन धेरै कानूनी अडचनहरु आइपर्ने छन् । अमेरिकी नागरिकसँग हिडडुलमा र वैयक्तिक निगरानी हुने अवस्था अमेरिकी मान्यता विरुद्घमा हुन्छ । यसले पनि अमेरिकामा लकडाउन सहज देखिदैन ।
यदि अमेरिकीहरु सेल्फ क्वारेन्टाइनमा बस्ने, सेल्फ आइसोलेसनमा रहने, सामाजिक दुरता कायम गर्ने र अनिश्चित कालसम्मको लागि हिडडुल सिमिततामा बाँधिनु पर्ने भयो भने सरकारले पनि यसका लागि आवश्यक तीनवटा व्यवस्थापन कार्य सँगसँगै गर्नु पर्ने हुन्छ । पहिलो, क्वारेन्टाइनमा वसेकाहरुका लागि जोखिम सम्बन्धि सूचनाको प्रवाह निरन्तर हुनु पर्ने, दोश्रो विभिन्न स्वास्थ्य परिक्षणहरु गरिरहनु पर्ने, खानाको ब्यवस्थापन गर्नुपर्ने र बृद्घ र अशक्तहरुको निरन्तर ख्याल राख्नु पर्ने र तेश्रो, सेल्फ क्वारेन्टाइनमा वसेका केटाकेटीहरुको लागि वैकल्पिक शिक्षक शिक्षिकाको ब्यवस्था सम्वन्धित स्कुलले गर्नुपर्ने र तनखा विहिन भएकाहरुलाई तनखाको व्यवस्था गर्नुपर्ने । यी तीनै कार्यहरु धेरै खर्चिलो हुनेछ ।
अमेरिकी संघिय सरकारले आदेश गर्ने लकडाउन कानुनी हुँदैन । यसो भन्दै गर्दा अमेरिकीहरुलाई कोभिड १९ भाइरस संक्रमणवाट सुरक्षित नराख्ने भन्ने झन कदापी होइन । कानूनी रुपमा हिडडुलमा वन्देज गर्न र सामाजिक दुरता कायम गर्ने कार्यको लागि राष्ट्रले वास्तविक नेतृत्व खोज्नु पर्छ । जो सँग शरिर मात्र होइन आर्थिक ब्यवस्थापनको विश्वस्तता पनि हुनु पर्दछ । यदि यस्तो भएन भने हजारौै अझै अनावश्यक रुपमा मर्नेछन् । दुर्भाग्यको वाटो हामी लागि रहेको छौं की जस्तो छ । (साभार : द एटलाण्टिक डटकममा मार्च ३१, २०२०, अनुवादक : सागरकुमार ढकाल)

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

दमका विरामीलाई राहत

Next Post

कविता : कोरोनाको कहर

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied