
नगरपालिकाका मेयर खड्ग खत्रीले दमका विरामी समेत रहेका वृद्ध गोविन्द बहादुर वि.कलाई राहत उपलब्ध गराएका हुन । उनले नगरप्रमुख राहत प्याकेज अन्तर्गत वृद्धको घरमै पुगेर राहत वितरण गरेका हुन । उनी ग्वाङखोलाको छेउँमा विगत लामो समयदेखि वस्दै आएका छन ।
उनी श्रीमती दुई छोरी र एक छोरासँगै वस्दै आएका छन । उनीहरुले सार्वजनिक जग्गामा झिंगटीले बारेर झुप्रो बनाएर बस्दै आएका छन ।
राहत वितरण गर्दै मेयर खत्रीले वासस्थान सहितको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन ।




















