
आयो आयो आयो भन्छन सबै माहामारी बनी ।
नाम त्यस्को रहन गो कोभिड उन्नाइस भनी ।।
सुनौ ,बुझौ तपाँई हामीले कोरोनाको कहर ।
सबै तिर छाई सक्यो अब गाँऊ, बेसी, शहर ।।
बिस सेकेण्ड साबुन पानीले हात धुुनु पर्छ ।
हेलचेक्र्याई गरी नादान बन्दा कोरोना सर्छ ।।
हिड्नै पर्दा भिडभाडमा माक्स लगाउनु पर्छ ।
स्यानीटाइज्र् प्रयोग गर्दा भाईरस आफैं मर्छ ।।
सय दशमलव चार डिग्री ज्वरो आयो भने ।
हतास् नभै घरमै बसी आफैं स्वंयम्मीत बने ।।
रुघा, खोकी, हछ्यू,घाँटी दुख्ने लक्षण देखियमा ।
घर भित्र एक्लै छुट्टै र बस्नु एकान्त बासैमा ।।
खोक्दा पनि हछ्यू नी गर्दा कुईनाले छोप्ने गरौ ।
नजिकै छेवैमा मान्छे भए तीन फिट् पर सरौं।।
पन्ध्र पन्ध्र मिनेटमा मन्तातो पानी पर्छ खानु ।
खप्नै नसक्ने ज्वरोआए स्वास्थ संस्थामा जानु ।।
सहयोग गरौं लक्डाउनमा घर भित्रै बसौं.।
ख्याल ख्याल गरी कोरोनाको फसलमा नफसौं ।।
विना काममा लखर लखर बजार नडुलौं ।
साथी,संगी सबै आफन्तलाई यति खेर भुलौ ।।
हामी लिन नगएमा कोभिडसगँ भेट हुन्न ।
खोजी खोजी घर भित्र पसीकन् कोरोनाले छुन्न ।।
तिनपाटन -८, सिन्धुली




















