सिन्धुली । कमलामाई नगरपालिकाले सोमबार नगर स्तरीय विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । अति गरिवका लागि राहत प्रदान गर्ने तथा दैनिक उपभोग्य वस्तु तथा औषधि जस्ता अत्यावश्यक वस्तुहरुको आपूर्ति र व्यवस्थापनका लागि उक्त कोष स्थापना गरिएको हो ।

माहामारीमा खर्च गर्ने पैसा विपद व्यवस्थापन कोष ल्याएर खर्च गरिने ढकालले बताए ।
यस्तै नगरपालिकाकाले कोरोना भाइरसको महामारी व्यवस्थापनका लागि कोरोना संक्रमण द्रुत व्यवस्थापन समिति समेत निर्माण गरेको छ । कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीको संयोजकत्वमा उक्त समिति निर्माण गरिएको हो ।
जिन्सिको व्यवस्थापन गर्न नगर कार्यपालिका सदस्य केशव नेपालीको संयोजकत्वमा समिति गठन गरिएको छ । यस्तै कार्यपालिकाको बैठकले हरेक वडा वडामा लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिने निर्णय गरेको छ । लकडाउन प्रभावकारी नभए कोरोना भाइरसको संक्रमण नियन्त्रण भन्दा बाहिर जान सक्ने भन्दै पूर्व तयारी स्वरुप वडा स्तरमा रहेका जनप्रतिनिधिहरु प्रिचालन गरि लकडाउनलाई प्रभावकारी बनाउन थप कडाइ गर्न जनप्रतिनिधिहरुलाई समेत आग्रह गरेकोे छ ।
यस्तै बैठकले दैनिक उपभोग्य वस्तु तथा औषधि जस्ता अत्यावश्यक वस्तुहरुको आपूर्ति र व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघसँग समन्वय गरिने, बजार अनुगमनलाई तिव्रता दिइने, घुम्ति पसललाई व्यवस्थित तरिकाले सञ्चालन गरिने, मजदुरहरुलाई चरणवद्ध राहत प्याकेज उपलब्ध गराउने लगाएतका निर्णय गरेको ढकालले बताए ।
उनका अनुसार राहत प्याकेज उपलब्ध गराउने क्रममा बैठकले गिट्टी कुटने ६६ मजदुरलाई पहिलो चरण, नगरपालिकाले स्वास्थ्य विमा गराएका ३९४ मजदुरलाई दोस्रो चरण, विमाका लागि फारम भरेका तर बिमा सुविधा नपाईसकेका ८ सय मजदुरलाई तेस्रो चरण र वडा वडाबाट सिफारिस भएर आएका मजदुरलाई चौथो चरणमा राहत दिने बैठकले निर्णय गरेकोे छ ।



















