• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, October 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

डाक्टर छोरालाई बाबुको चिठ्ठी, युद्धपछिको विजय उत्सवमा भेटौंला

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र १८, २०७६
in Featured, Health, Province 3
0

Share via:

647 Shares
  • Facebook 647
  • Twitter
  • LinkedIn
  • More

मिति : २०७६/१२/१८

प्यारो छोरा विप्लव,
सिभिल सर्भिस हस्पिटल, काठमाडौ ।
मलाई राम्रो थाहा छ, कोभिड–१९ को कारण विश्वमा मानव जातिमाथि ठुलो विपत आइपरेको छ । यसको सामना गर्न विश्वका महाशक्ति राष्ट्रहरुलाई चुनौती बनेको छ । आणविक शस्त्र–अस्त्र निमाणको लागि बनाइएका भट्टीहरु यस युद्घमा निस्काम भएका छन् । यो महामारीको त्रासबाट भयभित भई सो भाइरसको सामना गर्न म स्वयम् तिमी बाहेकका परिवारका सदस्यहरुलाई लिएर होम क्वारेन्टाइनमा बसी, महाभारतको युद्धमा धृतराष्ट्रले दरवारभित्र बसेर संजयको माध्यमबाट नरसंहार हेरे झंै म पनि टुलुटुलु कोभिड–१९ को कारण विश्वमा भएको नरसंहार हेरेर बस्न विवश छु ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

आजबाट सरकारले यसै महामारीको सामना गर्न होम क्वारेन्टाइनमा नबस्नेलाई जेल र नगद जरिवानाको समेत घोषणा गरी लकडाउन जारी गरेको छ । सेवामा खटिएका स्वास्थकर्मीहरुको सुरक्षाको लागि नेपाल सरकारले विवादकै घेरामा भए पनि व्यक्तिगत सुरक्षा उपकरण (पि.पि.ई) खरिद गरि ल्याईसकेको छ । स्वास्थ्यकर्मीको मनोवल उकास्न २५ लाखको बिमाको घोषणा गरी तिमीहरुलाई ललिपप पनि देखाएकोे छ । त्यो रकम यदि तिमी जिवित रहे तिमीले पाउने छैनौ । तिमी मरेर पाउने रकम मलाई चाहिएको छैन । तिमीलाई जन्माउने मातृभुमी नेपाल हो । नेपाल नभएको भए तिमी नेपाली हुन पाउने थिएनौ । तिमी भित्र सलवलाएको रगत नेपाल आमाको रगत हो । तिम्रो शरीरमा एक मुठ्ठी रगत र प्राण रहेसम्म नेपाल र नेपालीको सेवा गर्नु तिम्रो परम् कर्तव्य हुनेछ ।
नेपालमा हरेक १० हजार जनसंख्या बरावर एक स्वास्थ्यकर्मी पर्ने रेकर्ड स्वास्थ्य मन्त्रालयले नै निकालेको कुरा तिमीलाई विदित नै छ । तिमी डाक्टर भएको कारणले १० हजार नेपालीको स्वास्थ्यको रेखदेख गर्नु तिम्रो पनि जिम्वेवारी हो । तिमी बाँचेर १० हजार नेपाली मरेको मेरो लागि सह्य हुने छैन । मैले चीन लगायत विश्वमा कोरोना भाइरसबाट पीडित रोगीहरुको सेवामा संलग्न रहदा स्वयम् आफैलाई रोग संक्रमण भई डाक्टरहरु मरिरहेका घटना र दृश्यहरु मैले सञ्चारमाध्यमहरुबाट देखिरहेको छु । एक डाक्टर मर्नु भनेको १० हजार नेपाली मर्नु हो भन्ने नेपालको स्वास्थ्य क्षेत्रको आँकडालाई हेर्दा पुष्टि हुन्छ । यो तिमीजस्ता स्वास्थ्यकर्मीहरुलाई चुनौति र अवसरको मौका पनि हो । संकटको बेला देश र जनताको सेवा गरी मातृभूमिप्रतिको ऋण चुक्ता गर्ने शुभ अवसर पनि हो, जसले तिमीलाई फ्लोरेन्स नाइटिङ्गेल जस्तो महान स्वास्थ्यकर्मी बन्ने अवसर पनि प्रदान गर्न सक्ने छ । चुनौति त तिम्रो सामु तिमी रहने वा नरहने पनि हुन सक्छ । स्वास्थ्यकर्मीहरुको प्रथम कार्य आफू सुरक्षित रहि सेवारत स्थानमा पीडितहरुलाई सेवा गर्नु हो । आफू बाँचे मात्र सेवा वा उद्दार गर्न सकिन्छ, यसतर्फ तिमीहरुको रक्षाको लागि सुरक्षा कवचको रुपमा नेपाल सरकारले पिपिई लगाएतको उपकरणको व्यवस्था गर्ने नै छ । यस्ता विनाशकारी महामारीहरुले विश्वमा सन् १३४७–१३५१ मा व्ल्याक डेथको नामबाट २० करोड मानिसको मृत्यु भएको थियो । सन् १५२० देखि बिफरको कारण ५ करोड ६० लाख मानिसको मृत्यु भएको थियो । सन् १८१७–१८२३ मा हैजाले १० लाख भन्दा बढि मानिसको मृत्यु भएको थियो । सन् १९१८–१९१९ मा इस्पेनिस फ्लुबाट ४० करोड र हाल सन् २०२० मा कोभिड–१९ को कारण आजसम्ममा ३३ हजार २५७ जनाको मृत्यु भइसकेको छ ।
विश्वमा यस्ता महामारीहरुको सामना तिमीजस्ता स्वास्थ्यकर्मीहरुले पटक पटक गरी बिजय प्राप्त गरि सकेको इतिहास छ । यस्ता महामारीहरुमाथि बिजय प्राप्त गर्नु तिमीजस्ता स्वास्थ्यकर्मीहरुको लागि गौरवगाथा हो ।
म यसबेला त्यो इतिहास सम्झिरहेको छु जुनबेला कोरियाका महान नेता किम इल सङ कोरियाली स्वतन्त्रताको युद्धमा लडिरहदा चिनियाँ क्रान्तिका महान नेता माओत्सेतुङले उक्त स्वतन्त्रताको लागि सहयोगी भूमिका निर्वाह गर्न आफ्ना छोरा माओ इनको नेतृत्वमा सैनिक सहयोग पठाएका थिए । माओलाई राम्रोसँग थाहा थियो युद्धमा कि त मारिन्छ कि त मरिन्छ । उनका छोरा माओ इनले त्यहि युद्धमा विरगति प्राप्त गरे । के माओलाई छोराको माया थिएन र ? हो यसबेला म त्यहि पाठ पढिरहेकोछु । देशमाथि आई परेको यो विकराल महामारीमा तिमी र तिमी जस्ता स्वास्थ्यकर्मीहरु चाहे सेवारत रहेका हुन् वा घर बसिरहेका हुन उनीहरुको पहिलो पेशागत धर्म रोगीहरुको उपचार र सेवा गर्नु नै हो । राजधानी जस्तो सुबिधायुक्त स्थानमा बसेर मात्र हैन देशको दुर्गम स्थानहरुमा सरकारले तिमीहरुलाई पुग्न सक्ने वातावरण बनाएर कोरोना विरुद्धको युद्धमा लडि बिजय प्राप्त गर्नु पर्नेछ । बाँचे फ्लोरेन्स नाइटिङ्गेल, जाँ हेनरीड्युना र मदर टेरेसा जस्ता स्वास्थ्य क्षेत्रमा विश्व प्रसिद्ध नक्षेत्र बन्ने अवसर पनी प्राप्त गर्न सक्ने छौ । विश्वस्त छु यो युद्धमा तिम्रो बिजय सुनिश्चित छ ।
हाम्रो चिन्ता नलिनु कोरनाबाट संक्रमितहरुको सेवाको अग्रदस्तामा तिम्रो नाम सुन्न र देख्न पाउँ तब मात्र तिम्रो जन्म सार्थकता र मेरो आत्माले शान्ति पउने छ । युद्धपछिको विजय उत्सवमा भेटौंला ।

तिम्रो माया गर्ने पिता
विश्वम्भर लामिछाने
कमलामाई नगरपालिका –५
जर्बुट्टा कला संग्रहालय, सिन्धुली

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कोरोना व्यवस्थापनका लागि कोष स्थापना

Next Post

इजरायलबाट अनले पठाईन पिपिई सेट

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied