सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ७ माझिटारमा एम्बुलेन्स दुर्घटना हुदा ६ जना घाइते भएका छन । काठमाण्डौबाट धनुषातर्फ जाँदै गरेको ज१च७७७ नं. को एम्बुलेन्स विपी राजमार्गमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परि धनुषाको सबैला नगरपालिका ४ पटेर्वा बस्ने बर्ष २१ को अनिल यादब, २० बर्षिया सन्जु यादब, ३० बर्षिय मदन यादब, २८ बर्षिय श्रीराम यादब, सिराहाको मिर्चैया नगरपालिका ३ राँगे बस्ने २५ बर्षया सुशिला यादब र मिर्चैया नगरपालिका ६ बस्ने ३५ बर्षिय संजिब कुमार थादब घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीले बताए ।
एम्बुलेन्समा बयोदा अस्पताल बल्खुमा उपचार पश्चात डिस्चार्ज भई आएका अनिल यादब र उनका आफन्तहरू रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार एम्बुलेन्स सडकबाट करिब ३५ फिट तल झरेको थियो ।



















