
राती ठुलो आवाजमा पड्किएको आवाज आएको र आगजनी भएको स्थानमा केहि वमका टुक्रा पनि भेटिएकाले बम विस्फोटको आँकलन प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीले आगजनीबाट विटिएस टावरको विटिएस वक्समा क्षती भएको बताए । उनले क्षतीको आँकलन प्राविधिक नआई गर्न नसकिएको बताए । उनका अनुसार घटनाको जिम्मेवारी भने कसैले लिएको छैन ।



















