सिन्धुलीमाढी । सिन्धुलीमा १०९ जना मोतियाविन्दुका विरामीको शल्यक्रिया गरिएको छ ।
शुक्रबार र शनिबारसम्ममा जिल्लाका उक्त विरामीको शल्यक्रिया गरिएको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले जनाएको छ । रेडक्रसले शुक्रबार र शनिबार आयोजना गरेको उक्त शिविरमा उक्त विरामीको शल्यक्रिया सम्पन्न गरिएको हो शुक्रबार ६८ जना र शनिबार ४१ जनाको शल्यक्रिया गरिएको शाखा सभापति अशोक श्रेष्ठले बताए ।

शिविरमा शल्यक्रिया गर्ने विरामीहरु अधिकांश मरिण गाउँपालिका र कमलामाई नगरपालिकाका रहेका छन ।
रेडक्रसले मरिण गाउँपालिकाका चार वटा वडामा आँखा परिक्षण शिविर सञ्चालन गरिएको थियो । शिविरबाट पहिचान भएका मोतियाविन्दुका विरामीको शल्यक्रिया गरिएको श्रेष्ठले जानकारी दिए । आखाँसँगै सुगर, ब्लड प्रेसर जस्ता समस्या देखिएका केहि विरामीको भने आइतबार शल्यक्रिया गरिने छ ।




















