सिन्धुली । दुधौली नगरपालिका वडा नम्बर ८ सालघारीमा आईतबार करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । दुधौली नगरपालिका वडा नं. ७ कत्लेका ५१ वर्षिय तिलक बहादुर मगरको घर बनाउने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो ।
दुधौली नगरपालिका वडा नम्बर ८ सालघारीका चन्द्रकान्त दाहालको घर बनाउने क्रममा मगरलाई करेन्ट लागेको हो । करेन्ट लागेर घाईते भएका मगरको दुधौली नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घर बनाउँदै गरेको ठाउँमा विद्युतको नांगो तारमा फलामको रडले छुँदा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिए ।






















