सिन्धुली । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुलीका दुई वटै निर्वाचन क्षेत्रबाट नौ नौ जनाको नाम सिफारिस गरेको छ । सिन्धुली क्षेत्र नं. १ बाट नौ जना र सिन्धुली क्षेत्र नं. २ बाट नौ जना आकांक्षीहरुको नाम सिफारिस गरेको हो ।
आईतबार तिनपाटन गाउँपालिकाको चकमकेमा सम्पन्न एमालेको संघिय निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं. १ सिन्धुलीको पूर्ण बैठकबाट नौ जना आकांक्षीहरुको नाम सिफारिस गरिएको छ ।
बैठकले प्रदीप कुमार कटुवाल, केदार प्रसाद देवकोटा, गणेश कुमार पहाडी, डम्बर कार्की, ध्रुब कुमार श्रेष्ठ, नारायण अधिकारी दनुवार, डा. वसन्त न्यौपाने, सुवास देवकोटा र सुमित्रा गुरुङ (निलिमा)को नाम सिफारिस गरेको हो ।
यस्तै क्षेत्र नं. २ को शनिबार सिन्धुलीमाढीमा सम्पन्न बैठकले मनोजजंग थापा, निरु दर्लामी, उमा कोइराला, कौशल कोइराला, रामकृष्ण श्रेष्ठ, पुष्प श्रेष्ठ, शान्तिमान कार्की, नवराज थिङ र धनजंग थापाको नाम सिफारिस गरेको हो ।





















