सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ठूलो आवाज निकाल्ने र ‘मोडिफाइ’ गरिएका मोटरसाइकलहरूलाई नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले आकस्मिक चेकजाँच अभियान सञ्चालन गरी चार वटा मोटरसाइकल सहित चालकहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्य प्रकाश सुबेदीले जानकारी दिए ।
सुवेदीका अनुसार पछिल्लो समय सवारी साधनमा अनधिकृत परिवर्तन (मोडिफिकेसन) गरी ठूलो आवाज निकाल्ने, रफ तरिकाले सवारी चलाउने तथा सडक सुरक्षामा जोखिम उत्पन्न हुने घटना बढेपछि यस्तो कारबाहि अगाडि बढाईएको हो ।
प्रहरीले नियन्त्रणमा परेका मोटरसाइकलहरूलाई आवश्यक कानुनी कारबाहीको तयारी भइरहेको बताइएको छ ।





















