सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ९ भिमान चेकपोष्टबाट आइतबार खैरो हिरोईन सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ का २७ वर्षिय निशान राय र मोरङको उर्लावारी नगरपालिका वडा नं. ५ का २३ वर्षिय साइमन गुरुङ रहेका छन् ।
रायको साथबाट ८ दशमलब४५० ग्राम र गुरुङको साथबाट ५९० मिलिग्राम खैरो हिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्युरो बर्दिबासबाट भएको संयुक्त चेकजाँचको क्रममा बा५ख४१९७ नम्बरको हायसमा सवार राय र बा५ख१९५७ नम्बरको हायसमा सवार गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्य प्रकाश सुवेदीले बताए ।




















