सिन्धुली । रोशी खोलामा आएको बाढीका कारण अस्थायी सडक भत्किँदा विपी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार रातीको वर्षाका कारण अस्थायी सडक बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । शनिबार विहान साढे तीन बजेबाट राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
काभ्रेको रोशी गाउँपालिका वडा नं. ११ कालढुंगा र दाउन्नेमा रोशी खोलाको पानीको बहाव बढी सडकमा क्षति पु¥याई सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिए ।
उनका अनुसार विपी राजमार्ग हुँदै काठमान्डौ जाने सवारी साधनलाई सिन्धुली र दुम्जामा होल्ड गरिएको उनले जानकारी दिए । बाटो खुलाउने कार्य सुचारु भएको भए पनि अवरुद्ध सडक सञ्चालन हुन समय लाग्ने उनले बताएका छन् ।




















