सिन्धुली । विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका वडा नं. २ चियावारीमा सवारी दुर्घटना हुँदा एक जना घाईते भएका छन् । कमलामाई–४ निवासी २४ वर्षीय हरी प्रसाद अधिकारीले रोकी राखेको प्र.०१–०२–००२ ख ११४७ नम्बरको ट्रक पछाडि ब्याक गर्ने क्रममा सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.०१–०१–००१ ख ४८६० नम्बरको यात्रुबाहक बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि बसमा सवार ओखलढुंगा चम्पादेवी गाउँपालिका वडा नं. ६ का २६ वर्षीय कमल खड्का घाइते भएका छन् । उनको गाला, खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिएका छन् ।
घाईते खड्काको सिन्धुली अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमान्डौ रिफर गरिएको सुवेदीले जानकारी दिए । घाईतको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन तथा ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















