सिन्धुली । विहिबार साँझ परेको चट्याङ लागेर एक जना महिला घाईते भएकी छिन् । घ्याङ्लेख गाउँपालिका वडा नं. ५ सिरडाँडामा चट्याङ लागेर ५४ वर्षिया बिमाया वि.क घाईते भएकी हुन् । घरमै बसिरहेकी उनी चट्याङ लागेर घाईते जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
चट्याङ लाग्दा बि.कको बाँया हातमा चोट लागेको तथा दुवै खुट्टा जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिए ।
घटनापछि स्थानीयवासीले वि.कलाई तत्काल उद्दार गरी रामपुर स्वास्थ्य चौकीमा उपचारका लागि लगेका थिए । प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई धुलिखेल अस्पताल पठाइएको सुवेदीले बताए ।



















