सिन्धुली । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा हुन सक्ने असामान्य घटना र त्यसबाट हुन सक्ने स्वास्थ्य जोखिमलाई व्यवस्थापन गर्नका लागि सिन्धुलीमा इलेक्सन मेडिकल टास्क फोर्स गठन गरिएको छ । मंगलबार सिन्धुली अस्पतालले टास्क फोर्स गठन गरेको सिन्धुली अस्पतालले जनाएको छ ।
सिन्धुली अस्पतालका मेडिकल अधिकृतहरु, नर्सिङ अधिकृतहरु, हेल्थ असिस्टेन्ट सहितको टिम तयार गरेको हो । मेडिकल डा. विप्लव कटुवालको संयोजकत्वमा उक्त टास्कफोर्स निर्माण भएको अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिएका छन् । जसमा वैकल्पिक डाक्टरका रुपमा पोषण सापकोटा, सुजित साह, रहनेछन् ।
त्यस्तै नर्सिङ अधिकृत अस्मिता श्रेष्ठ रहनेछिन् । उनीसँगै लालकुमारी खड्का समेत विकल्पका रुपमा खटिने छिन् । यस्तै हेल्थ असिस्टेन्टका रुपमा हेमन्त श्रेष्ठ र विकल्पमा गोकर्ण देवकोटा रहनेछन् । त्यस्तै कार्यालय सहयोगीहरु टंक कुमारी आले र बिना कुमारी पौडेल टास्कफोर्समा रहेर काम गर्नेछन् । यस्तै मेडिको लिगलमा मेडिकल अधिकृत गणेश दुलाल रहने छन् ।
निर्वाचन केन्द्रीत घटनामा स्वास्थ्य सेवा प्रभावकारी बनाउन उक्त टास्कफोर्स तयारी अवस्थामा रहने श्रेष्ठले जानकारी दिएका छन् ।




















