सिन्धुली । मदनभण्डारी राजमार्ग अन्तर्गत भिमान दुधौली सडक खण्डमा आइतबार दुर्घटना हुँदा २ जना घाईते भएका छन् । कमलामाई नगरपालिका वडा न.. ९ कोरुङखोलामा महोत्तरीको बर्दिबासबाट कटारीतर्फ जाँदै गरेको ज१२प७२६६ नम्बरको मोटरसाईकल र कटारीबाट भिमानतर्फ आउँदै प्रदेश१–०१–००१च७६६५ नम्बरको बोलेरो ठोक्किँदा दुई जना घाईते भएका हुन् ।
घाईते हुनेमा मोटरसाइकल चालक वर्दिबास नगरपालिका वडा नं. १ का ४० वर्षिय मंगल मोक्तान र उनीसँगै मोटरसाईकलमा सवार रहेका सोहि ठाउँका ३० वर्षिय सन्दिप घिसिङ गम्भिर घाईते भएका हुन् ।
घाईतेहरुलाई उपचारका लागि जनसेवा अस्पताल बर्दिवास पठाईएकोमा थप उपचारका लागि काठमान्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीले बताएका छन् ।
दुर्घटनापछि बोलेरो, बोलेरो चालक इलामको देउमाई नगरपालिका वडा नं. ७ का ३१ वर्षिय विनोद कुमार तामाङ र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भिमानमा राखिएको सुवेदीले बताए ।



















