सिन्धुली । मोटरसाईकल दुर्घटनामा दुधौलीमा एकजनाको मृत्यु भएको छ । बुधबार दुधौली नगरपालिका वडा नं. १० को खत्रीचोकबाट २ सय मिटर भित्र भित्री सडकमा भएको दुर्घटनामा परि मोटरसाईकल चालक दुधौली नगरपालिका वडा नं. १० का ३० वर्षिय यज्ञ बहादुर सुनुवारको मृत्यु भएको हो ।
भित्री सडक खण्डको थोत्रीबाट मदन भन्डारी राजमार्गको खत्री चोकतर्फ आउँदै गरेको मधेश प्रदेश ०१–००५ प ५४२७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका सुनुवारको दुधौली नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।





















