सिन्धुली । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले महोत्सवले कृषि उत्पादनलाई बजारसँग जोड्नुका साथै सिन्धुलीको पहिचानलाई उजागर गर्ने बताएका छन् । उनले शुक्रबार सिन्धुलीमाढीमा आयोजित सातौं सिन्धुली महोत्सव २०८२ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय नीजि क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन भएको बताउँदै नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोण सुधार हुनुपर्नेमा जोड दिए । नीजि क्षेत्र नाफामुलक संस्था मात्र भन्ने सोंचले नकारात्मक विचार पैदा भएको बताउँदै उनले नीजि क्षेत्रले आर्थिक, सांस्कृतिक कार्यमा मात्रा नभएर अर्थतन्त्र चलायमान बनाउने कार्यमा पनि नीजि क्षेत्रले गरिरहेको बताए ।
रोजगारी सिर्जना गर्ने, पूजीँ निर्माणमा पनि नीजि क्षेत्रले अहम् भुमिका खेल्ने बताए । उनले नेपालका सबै जिल्लाको पहिचान र सम्भावनालाई अवलोकन गरि कृषी, उद्योग, व्यापार व्यवसायका साथै उत्पादित वस्तुलाई बजारीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सिन्धुली महोत्सव २०८२ को पहिचान, समुन्नत र समृद्ध सिन्धुली हाम्रो अभियान भन्ने नाराका साथ सुरु भएको कार्यक्रम सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको महोत्सव १९ गतेसम्म सञ्चालन हुने छ ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोख्रेलले महोत्सवबाट बचत भएको रकम विपन्न नागरिक उपचार कोषमा जम्मा गरेर गरिव, विपन्न नागरिकको उपचारमा सहयोग गर्नुको साथै शव वाहन खरिद गर्ने बताएका छन् । महोत्सवमा रमाइलो सँगसँगै स्थानीय स्तरमा उत्पादित समानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म बजारीकरण गर्ने बताए ।
महोत्सवको उद्घाटनमा लोपोन्मुख खैजेडी भजन, पञ्चेबाजा, जातीय झाँकी प्रदर्शन गरिएको थियो । सिन्धुली महोत्सवमा करिव ३ सय बढी स्टलहरु रहेको आयोजकले जनाएको छ । कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने महासचिव वासु भेटुवालले कार्यक्रम सञ्चालन गरेका थिए ।
























