• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न छ जना पक्राउ

बिमला पाण्डे by बिमला पाण्डे
पुस ३०, २०८२
in Business, Featured, News, Province 3, Society
0

Share via:

17 Shares
  • Facebook 17
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । घ्याङ्लेख गाउँपालिका वडा नं. २ बस्तीपुरमा रहेको नेपाल एसविआई बैंक घ्याङ्लेख शाखामा मंगलबार राती भएको लुटपाटमा संलग्न रहेका छ जनालाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानमै रहेको भन्दै प्रहरीले पक्राउ पर्नेहरुको पहिचान खुलाउन चाहेको छैन ।

प्रहरीले मंगलबार राती र बुधबार दिनभर गरि बैंकबाट लुटिएको २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैंया रकम बरामद समेत गरेको छ । उक्त बैंकबाट करिब ३ करोड १० लाख ९५ हजार २ सय ८३ रुपैयाँ लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताएका छन् ।

लुटिएको ४२ लाख ४० हजार १ सय ८ रुपैंया फेला पर्न सकेको छैन । मंगलबार राती स्थानीयको सहयोगमा प्रहरीले लुटेराहरूले बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको विएडी ०३९८ नम्बरको टाढा सुमो र गाडी चालक भगत सिंह थापालाई नियन्त्रणमा लिएको थियो । गाडी घ्याङ्लेख गाउँपालिका वडा नं. १ टुनिभञ्ज्याङबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस्तै घटनामा संलग्न रहेको आशंकामा बैंक रहेको घरका घरधनी छविलाल स्याङ्ताङलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरि अनुसन्धानमा तानेको छ भने अन्य चारजनालाई स्थानीयको सहयोगमा घ्याङ्लेख गाउँपालिका वडा नं. १ सुकाचुरीबाट पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आशंका लागेका अन्य व्यक्तिहरुलाई पनि प्रहरीले सोधपुछ, अनुसन्धान तथा निगरानी गरिरहेको छ ।

मंगलबार राती करिब पौने ९ बजेतिर ७ जनाको समूह आई बैंकको गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी सामान्य घाइते बनाई बैंकका कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिई बैंकको रकम लुटपाट भएको थियो । एसपी सुवेदीका अनुसार लुटपाट फिल्मी शैलीमा भएको छ । बनेपादेखि बैंक लुट्नकै लागि घ्याङ्लेख पुगेको देखिन्छ । बैंकमा कर्मचारीहरुलाई बाँधी लकरको साँचो खोलेर पैसा निकालेको पाईएको छ । खुकुरी चक्कु सहित आएका नकावधारी समूहले लुटेका पैसा भाग्ने क्रममा बोरा, बोरामा भेटिएका छन् । कतिपय पैसाहरु जंगलमा छरपस्ट छरिएको अवस्थामा भेटिएको छ ।

अनुसन्धानको लगभग अन्तिम चरणमा पुग्न लागिएकाले अनुसन्धान सकिएपछि बैंक लुटपाटको सन्दर्भमा देखिएका तथ्यको विस्तृत विवरण जानकारी गराउने एसपी सुबेदीले बताएका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

स्थानीयको लगाव र सहयोगका कारण अनुसन्धानमा प्रहरीलाई सहजता मिलेको उनले बताएका छन् । स्थानीयहरुले बैंकबाट लुटिएका पैसा खोज्न, बरामद गर्न र अभियुक्त पक्राउ गर्न स्थानीयहरुले प्रहरीलाई निरन्तर सहयोग गरेको उनले बताए ।

घटनाको रहस्य खुल्दै गएको र निश्कर्ष निस्कन लागेकाले निश्कर्ष सहित सार्वजनिक गरिने पनि उनले बताएका छन् । पक्राउ परेका छ जनालाई नै बुधबार थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याईएको छ । अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदी, डिएसपी सूर्यप्रकाश सुवेदी सहितको टोली खटिएको थियो ।

फरार रहेका लुटेराहरुको खोजी र घटनाको अनुसन्धान कार्य तिव्र भईरहेको सुवेदीले जानकारी दिएका छन् । प्रहरीले लुटेराहरुले छोडेको खुकुरी लगाएतका दसी प्रमाणहरु समेत बरामद गरेको छ । अनुसन्धान तथा लुटेराहरुको खोजी कार्यका लागि स्थानीय युवाहरु प्रहरीसँगै मंगलबार रातभर र बुधबार दिनभर जुटेका थिए ।

घटनामा प्रत्यक्ष संलग्नमध्ये २ जना मुख्य योजनाकार अझै फरार रहेको प्रहरीले जनाएको छ । स्थानीय संलग्नताका विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सन्ताउन्न हजार अमेरिकी डलर सहित एकजना पक्राउ

Next Post

कमलामाईलाई गहना पहिराईयो

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied