सिन्धुली । अत्यधिक चिसो बढेपछि दुधौली नगरपालिकाका विद्यालय बन्द गरिएको छ । हुस्सु, कुहिरो र शितलहरका कारण चिसो बढेसँगै नगरपालिकाले सूचना जारी गरि विद्यालय बन्द गरेको हो ।
पुस १६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द रहने नगरपालिकाले जनाएको छ । चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै शैक्षिक शत्र २०८२ को वर्षे बिदाबाट बिदा मिलान हुने गरि नगरपालिकाका विद्यालयहरुमा विदा दिईएको जारी सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले अभिभावक, शिक्षक तथा विद्यालय प्रशासनलाई आवश्यक सावधानी अपनाउन र थप सूचना नआएसम्म विद्यालय सञ्चालन नगर्न अनुरोध गरेको छ । मंगलबार जिल्लाभर अत्यधिक तुवाँलो, हुस्सु लागेको छ भने शितलहर समेत चलेको छ ।





















