सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले सिन्धुली महोत्सव २०८२ आयोजना गर्ने भएको छ । २०८२ माघ ९ गतेदेखि १९ गतेसम्म सिन्धुलीमाढीमा महोत्सवको आयोजना गर्न लागिएको सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताएका छन् ।
उनका अनुसार मंगलबार सिन्धुलीमाढीमा बसेको उद्योग वाणिज्य संघको बैठकले महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । महोत्सवका लागि स्टल बुकिङ खुला भईसकेको छ ।
स्थानीय उत्पादन र संस्कृतिको प्रवद्र्धनमा जोड दिँदै महोत्सवको आयोजना गर्न लागिएको श्रेष्ठले जानकारी दिएका छन् ।
जसको तयारीका लागि छलफलहरु अगाडि बढाईएको पनि उनले जानकारी दिएका छन् । महोत्सवमा व्यवसायीक स्टलहरु, स्थानीय उत्पादनका स्टलहरु, मनोरञ्जन सहितको व्यवस्था गरिने छ । अन्य विषयमा छलफल हुँदै रहेको पनि उनले जानकारी दिए ।





















