सिन्धुली । प्रहरीले ३९ थान सालको काठ सहित एक सवारी साधनलाई नियन्त्रणमा लिई डिभिजन वन कार्यालयलाई बुझाएको छ । बिक्री–वितरण गर्ने उद्देश्यले ल्याउँदै गरेको एक पिकअप गाडी नियन्त्रणमा लिई डिभिजन वन कार्यालय सिन्धुलीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा गरिएको अपरेशनका क्रममा काठ सहितको गाडीलाई नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय डकाहा तथा प्रहरी चौकी हत्पतेबाट खटिएको संयुक्त प्रहरी टोलीले मदन भण्डारी राजमार्गबाट लङगुरखोलातर्फ जाने भित्री सडकखण्डमा नियमित निगरानीका क्रममा अवैध काठ लोड गरिरहेको पिकअप गाडी फेला पारि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुबेदीले बताएका छन् ।
मधेश प्रदेश ०४–००१ च ०३५१ नम्बरको योध्दा पिकअप गाडीमा साल जातका चिरान काठ लोड गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
प्रारम्भिक जाँचका क्रममा गाडीमा करिब ६ फिट लम्बाई र ८ इन्च चौडाइका ३९ थान सालका चिरान काठ फेला परेको प्रहरीले जानकारी दिएको छ । काठ ढुवानीका लागि आवश्यक कागजात नहुँदा गाडी र काठ दुवै नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।





















