सिन्धुली । मरिण गाउँपालिकामा रुखबाट लडेर एक युवक गम्भिर घाइते भएका छन् । मरिण गाउँपालिका वडा नम्बर ५ प्युरीका २८ वर्षीय दिपक राज गोले रुखबाट लडेर गम्भिर घाइते भएका हुन् ।
गोले आइतबार साँझ करिब ५ बजे घर नजिकैको रुखमा घाँस काट्न गएका थिए । उनी घाँस काट्ने क्रममा रुखबाट चिप्लिएर तल खसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपि सुर्य प्रकाश सुबेदीले जानकारी दिए ।
रुखबाट लँड्दा गोलेको चिउडी तथा टाउकोमा गम्भिर चोट लागेको र अवस्था गम्भिर रहेको सुवेदीले जनाएका छन् । घाइते गोलेलाई स्थानीयको सहयोगमा जिल्ला अस्पताल सिन्धुलीमा उपचारपछि थप उपचारको लागि आइतबार राती नै काठमाडौँ रिफर गरिएको थियो । हाल उनको अन्नपूर्ण न्युरो अस्पताल, काठमाडौँमा उपचार भइरहेको सुबेदीले बताए ।




















