सिन्धुली । गाईवस्तुको कुँडो पकाएको पानी पोखिएर घ्याङलेख गाउँपालिका वडा नं. ४ रामपुरका आठ महिनाका बालक घाईते भएका छन् ।
विहिबार दिउँसो आमाले कुँडो पकाउने क्रममा कुँडोको तातो पानी टाउकोमा पोखिएर ८ महिनाका बालक राकेश घलान घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।
तातो पानीले पोलेर घाइते भएका राकेशको स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि काठमाण्डौतर्फ लगिएको सुवेदीले जानकारी दिए ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















