विहिबार दुधौलीको जगाडीमा करेन्ट लागेर एकजना घाईते भएका छन् । दुधौली नगरपालिका वडा नं. ६ जगाडी का ६९ वर्षिय प्रेम बहादुर विश्वकर्मा घाईते भएका हुन ।
हर्षाही वन समितिको निर्माणधिन भवनमा काम गर्ने क्रममा करेन्ट लागेर विश्वकर्मा घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिएका छन् ।
करेन्ट लागेर घाईते भएका विश्वकर्मालाई उपचारको लागि दुधौली नगर अस्पताल सिर्थौली लगिएको छ । घाईतेको बाँया हातको ३ वटा औंला र बाँया आँखामा चोट रहेको सुवेदीले बताए ।




















