• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

आफ्नै विद्यार्थीले निर्घात कुटे शिक्षकलाई

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर ११, २०८२
in Featured, Education, Life, News, Province 3, Society
0

Share via:

17 Shares
  • Facebook 17
  • Twitter
  • LinkedIn
  • More

– शिक्षक धामीको उपचार सिन्धुली अस्पतालमा हुँदै
– घटनामा संलग्न विद्यार्थी छेडुप लामा पक्राउ
– शिक्षक महासंघ, शिक्षकका संघ संगठनहरु र विद्यालयद्वारा कारवाहिको माग

सिन्धुली । शिक्षकले विद्यार्थी कुटेको त सुनिएकै हो तर विद्यार्थीले आफुलाई पढाउने शिक्षकलाई कुटेको भने नौलो घटना हो । जिल्लाको घ्याङ्लेख गाउँपालिकाको एक विद्यालयमा यस्तै घटना भएको छ । जहाँ आफुलाई पढाउने शिक्षकलाई विद्यार्थीले कुटपिट गरेर शिक्षकको दाहिने हात नै भाँचिदिएका छन् । टाउको फुटाई दिएका छन्, खुट्टामा चोट लागेको छ र शरीरभरी निलडाम पारेका छन् ।

घ्याङलेख गाउँपालिका वडा नं. ५ मा रहेको नेत्रकाली मा.वि.आपडाँडा रामपुरका बाली विज्ञान शिक्षक धनबहादुर धामीले बुधबार साँझ त्यहि विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीबाट कुटाई खानु परेको छ ।

सिंगाश गाउँपालिका ६ बैतडीका घर भएका धामीलाई डेराकै शौचालयबाट बाहिर निस्कँदा उनकै विद्यार्थी छेडुप लामाले आक्रमण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार साँझमा शिक्षक बस्ने घर घेरी चिर्पट दाउराले हानेका छन् । शिक्षक धामी घाईते भई उपचाररत रहेका छन् ।

घाईते भएका शिक्षक धामीको बुधबार राती नै स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पतालमा ल्याईएको छ । उनको त्यहिँ उपचार भईरहेको छ । धामीको हात भाँचिएको छ भने टाउकोमा ८ वटा टाँका लगाईएको छ । खुट्टामा र शरीरका अन्य भागमा समेत चोट लागेको छ ।

लामाले अन्य व्यक्तिहरुलाई समेत कुटपिटका लागि लगेको बताईएको छ । तथापी घाईते शिक्षकले अरुलाई नदेखेको बताएका छन् । आक्रमणमा संलग्न लामालाई विहिबार प्रहरीले पक्राउ गरेको छ । घाईते शिक्षकले प्रहरी चौकी रामपुरमा ठाडो उजुरी दिएका छन् । बिहिबार इलाका प्रहरी कार्यालय बस्तीपुरले छलफल गराउने प्रयास गरेको भए पनि छलफल हुन सकेको छैन ।

विहिबार शिक्षक महासंघ सिन्धुली, जिल्लामा क्रियाशिल चार शिक्षक संगठनहरु, शिक्षक महासंघ घ्याङ्लेख र नेत्रकाली माविका शिक्षक तथा विद्यालय परिवारले दोषीलाई कडा कारवाहि गर्न माग गर्दै विज्ञप्ती प्रकाशन गरेका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

विद्यालयले विद्यालयको सार्वजनिक सम्पत्ति क्षति गर्ने क्रममा सम्झाएको र सम्झाउने क्रममा मोवाईल रेकर्ड गर्न खोजेपछि भएको सामान्य विवादलाई लिएर शिक्षकमाथि निर्घात कुटपिट भएको विद्यालयले विज्ञप्तीमा जनाएको छ ।

घटनापछि विद्यालयको पठन पाठन बन्द गरिएको छ । शिक्षक तथा विद्यालयले जारी गरेको विज्ञप्तीमा शिक्षकहरुमाथि अविभावक र विद्यार्थीहरुबाट धाक धम्कि आईरहेको भन्दै अशान्त वातावरणमा विद्यालयको पठनपाठन सुचारु गर्न नसकिने उल्लेख गरिएको छ । विज्ञप्तीमा अर्को सूचना नभएसम्मको लागि विद्यालयको पठनपाठन बन्द रहने उल्लेख गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक मधुसुदन सापकोटाले विद्यालयमा विद्यार्थीलाई पढ्न नदिएको, कक्षा कोठाका सामान जथाभावी चलाएको उजुरीपछि बोलाएर त्यसो नगर्न सम्झाएका कारण शिक्षक धामीमाथि कुटपिट भएको बताए ।

उनले विद्यालयमा विद्यार्थीलाई गलत नगर्न सम्झाएको घटनालाई लिएर ती विद्यार्थीले प्रहरी चौकी रामपुरमा शिक्षक विरुद्ध उजुरी दिएको, उजुरी उपर शिक्षकलाई बोलाएर छलफल भएको समेत बताएका छन् । प्रहरी चौकीबाट फर्केपछि साँझ शिक्षक बसेकै घरमा पुगेर लुकेर शिक्षकमाथि आक्रमण गरिएको सापकोटाले जानकारी दिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा चार महिनामा एघार जनाको हत्या

Next Post

सिन्धुलीमा गरियो भिड नियन्त्रण अभ्यास

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied