• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा चार महिनामा एघार जनाको हत्या

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर ९, २०८२
in Featured, Life, News, Province 3, Society
0

Share via:

33 Shares
  • Facebook 33
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । तीनपाटन गाउँपालिका वडा नं. १ बेलघारीमा रहेको झोलुङ्गे पुलको करीब सय मिटर नजिकै कार्तिक २१ गते एक महिलाको शव भेटियो । शव थियो तीनपाटन गाउँपालिका वडा नं २ पहिरेकी ४० वर्षिय छत्रकुमारी कार्की (थापा) को । १७ गतेदेखि हराएकी उनको शव इलाका प्रहरी कार्यालय बेलघारीको करीब ३ सय मिटर नजिक भेटियो । प्रहरीले महिला हराएको सूचना त पायो तर लाश भेट्टाउन सकेन । घाँस काट्न गएका स्थानीयले पाँचौ दिनमा शव भेटे र प्रहरीलाई खबर गरे । दाहिने हातका तीनवटा औंला काटिएको, पाठेघर बाहिर निकालिएको, घाँटीमा सलले कसिएको, सोहि सलले मुख छोपिएको, एउटा स्तन काटिएको क्षतविक्षत अवस्थामा छत्रकुमारीको शव भेटियो । प्रहरीले अनुसन्धान थाल्यो ।

घटनामा संलग्न दुई जनालाई पक्राउ पनि ग¥यो । त्यो सँगै उनको हत्या दिउँसै भएको समेत पहिचान ग¥यो । तीन छोराहरुकी आमा उनको हत्या विवाहेत्तर सम्बन्धका कारण भएको समेत प्रहरीले कारण खुलायो । हत्यामा संलग्न रहेका दुधौली नगरपालिका वडा नं. १३ का ३१ वर्षिय सुरज भन्ने सूर्य बहादुर कामी र उनकै भाञ्जा दुधौली नगरपालिका वडा नं. १३ का २० वर्षिय टंक बहादुर कामी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । सुर्य बहादुरलाई दाङको लमही बसपार्कबाट र टंक बहादुरलाई दुधौली नगरपालिका वडा नं. ९ बाट नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान सुरु गरिएको एसपी लालध्वज सुवेदीले गत विहिबार पत्रकार सम्मेलन गरि बताएका छन् ।

दुधौली नगरपालिका वडा नं. २ मा रहेको मधुगंगा महादेव मन्दिर नजिकै कालिडाँडामा गएको साउन ५ गते भारतीय नागरिकको गोली हानी हत्या भयो । बन्दुक समाएर फोटो खिच्ने क्रममा बन्दुकले छातीमा गोली लाग्यो । उक्त घटनामा गोली चलाउने एक जना भारतिय नागरिक र अनुमति विना भरुवा बन्दुक राख्ने दुई जना गरि तीन जनालाई प्रहरीले पक्राउ ग¥यो । स्थानीय विष्णु बहादुर घिसिङको घरमा रहेको भरुवा बन्दुक प्रयोग गरि भारतको सितामढी जिल्लाको भवदेपुर वडा नं. ११ का २५ वर्षिय पंकज कुमार भगतको उनकै नजिकका साथीबाट हत्या भएको थियो । बन्दुक धनी विष्णु बहादुर घिसिङ, उनकी श्रीमति तिलमाया घिसिङ र भारतको सितामढी जिल्लाको भवदेपुर वडा नं. ११ का अविनिस कुमार दासलाई पक्राउ गरियो । तिलमायालाई साउन ६ गते, विष्णुलाई साउन ७ गते र दासलाई साउन १४ गते प्रहरी पक्राउ गरि मुद्दा चलायो । उनीहरुलाई हातहतियार, खरखजना तथा हत्या अभियोगमा मुद्दा दर्ता चलाएको प्रहरीले जनाएको छ । उक्त मुद्दा अदालत गईसकेको छ । पोष्ट मार्टममा गोलीको छर्रा समेत भेटिएको थियो । गोली हानेपछि गोली निकाल्ने प्रयासका बाबजुद मृतकको छातीभित्र चक्कु, कचिया समेत प्रयोग गरेको अनुसन्धानले खुलाएको थियो । प्रहरीले चक्कु, कचिया र भरुवा बन्दुक समेत बरामद गरेको थियो ।

दुधौली नगरपालिकाको भौंडीमा गत भदौ १५ गते आफ्नै छोराले आमाको हत्या गरे । जग्गाको अंश विवादमा दुधौली नगरपालिका वडा नं. १४ भौडीकी ६५ वर्षिय फाल कुमारी सुनुवारको जेठा छोरा ४० वर्षीया तुलाराज सुनुवारले गलले हानेर हत्या गरे । तुलाराजले आमाको घरमा आई आमालाई निधारमा हानेर हत्या गरेका थिए । मृतक सुनुवार माईली बुहारीसँग बस्दै आएकी थिईन । आमासँग छुट्टिएर बसेका तुलाराजले मदिरा सेवन गर्ने र अंश माग्दै आमासँग पटक पटक घरझगडा गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । आमा ढलिसकेपछि सुँगुरलाई घोच्ने सुईरोले आमाको पेटमा घोँचेर घाउ समेत बनाएको देखिएको प्रहरीले जनाएको थियो । आमाको हत्या गरेर भाग्दै गर्दा तुलाराजलाई प्रहरी र स्थानीयको सहयोगमा पक्राउ गरिएको थियो । उक्त घटनामा तुलाराजलाई असोज २ गते नै पुर्पक्षका लागि थुनामा पठाईएको छ ।

कमलामाई नगरपालिका–६ पानीट्यांकीका ५५ वर्षीय बुद्धसिंह वाइबालाई उनकी श्रीमती ४८ वर्षीया राधिका वाइबाले हत्या गरिन् । घरायसी विवाद हुँदा टाउकोमा ढुंगाले प्रहार गरि उनको हत्या गरिन । घाईते वुद्धसिंहको उपचारको क्रममा मृत्यु भयो । राधिका अहिले प्रहरी नियन्त्रणमा छिन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यी प्रतिनिधि घटनाहरुले सिन्धुलीमा जघन्य हत्या हुने गरेको तथ्य खुलाएका छन् । चार महिनाको अवधिमा जिल्लामा एघार वटा यस्ता हत्याका घटना भएका छन् । सिन्धुलीमा पछिल्लो समय व्यक्ति हत्याका घटना बढ्दै गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार चार महिनामा हत्याका ११ वटा घटना भएका छन् ।

घटनाहरु घरायसी विवाद, मदिरा सेवन, आर्थिक लेनदेन लगाएतका कारणहरुले हुने गरेको पाईएको डिएसपी सुवेदीले बताएका छन् । हत्यामा संलग्नमध्ये हालसम्म ७ जना पक्राउ परेका छन् । घटनामा संलग्न अभियुक्त बालक, महिला र पुरुष रहेका छन् । यसले हत्यामा संलग्न जुनसुकै व्यक्ति पनि हुन सक्ने देखाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा बढ्दै अपराधको ग्राफ

Next Post

आफ्नै विद्यार्थीले निर्घात कुटे शिक्षकलाई

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied