सिन्धुली । मदनभण्डारी राजमार्गमा बुधबार दिउँसो भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । मदनभण्डारी राजमार्गको दुधौली नगरपालिका वडा नं. ४ लक्ष्मीपुरमा ट्रकले २ वटा मोटरसाईकललाई ठक्कर दिंदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्र.१–०२–००२ ख४११ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०१–००१ प २१४२ को मोटरसाईकल र म.प्र.०२–००६प ५८४१ नम्बरको मोटरसाईकल गरि दुईवटा मोटर साईकललाई एकै पटक ठक्कर दिएको थियो ।
दुर्घटनामा परी दुधौली नगरपालिका वडा नं. ११ टाँडीका ३४ वर्षिय राम कुमार कुमँर र सोही ठाउँका फुलबाबु धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुबेदीले बताएका छन् ।
यस्तै घाईते हुनेमा दुधौली नगरपालिका वडा नं. ३ का विप्लभ धामी, बुद्धी थारु, सुनिल माझी र कुशे धामी रहेका छन् । प्रहरीका अनुसार म.प्र.०२–००६प ५८४१ नम्बरको मोटरसाईकलमा आगजनी समेत भएको छ । घाईतेहरुको दुधौली नगर अस्पतालमा उपचार भईरहेको सुवेदीले जानकारी दिए ।





















