सिन्धुली । जिल्लाका सरकारी निकाय तथा राजनीतिक दलहरुले संविधान दिवसका अवसरमा साँझ दीप प्रज्वलन गरेका छन । शुक्रबार साँझ तीन राजीतिक दलले संविधान दिवसका अवसरमा दीप प्रज्वलन गरेका हुन ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पनि शुक्रबार दीप प्रज्वलन गरि संविधान दिवस मनाएका छन ।
नेपाली कांग्रेस सिन्धुलीले लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरेको छ । एमाले र माओवादी केन्द्रले आ–आफ्ना पार्टी कार्यालयमा चुच्चे नक्सामा दीप प्रज्वलन गरे । जननिर्वाचितहरु, पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकहरु लगाएतको सहभागितामा सबै राजनीतिक दलहरुले दीप प्रज्वलन गरेका हुन ।
दीप प्रज्वलनपछि राजनीतिक दलका नेताहरुले सम्बोधन गर्दै संविधान र देश संकटमा परेको बताए । उनीहरुले वर्तमान अवस्थामा संविधान र देशको सार्वभौमसत्ताको जगेर्ना गर्न एकतावद्ध भई खबरदारी गर्नुपर्ने आवश्यकता रहेको बताएका छन ।
नेकपा एमालेको कार्यक्रममा बागमती प्रदेश सचिवालय सदस्य शान्तीमान कार्की, नेपाली कांग्रेसको कार्यक्रममा जिल्ला सभापति उपेन्द्र कुमार पोखरेल र नेकपा माओवादी केन्द्रको कार्यक्रममा जिल्ला इन्चार्ज वसन्त माझीले सम्बोधन गरेका थिए ।





















