सिन्धुली । विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका वडा नं. ८ करकरेमा सोमबार ट्रकमा मोटरसाईकलले ठक्कर दिंदा दुईजना घाईते भएका छन ।
काठमान्डौबाट बर्दिबासतर्फ आउँदै गरेको मधेश प्रदेश ०४–००१ ख ०१९५ नम्बरको ट्रकमा र सोहि दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०५८प४९११ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक काभ्रेको पनौती नगरपालिका वडा नं. ५ बस्ने ३६ वर्षिय सन्तोष थापा र उनकी श्रीमति २३ वर्षिय खोज कुमारी पुलामी घाईते भएका हुन ।
उनीहरुको सन्तोषको दाहिने हात र दुवै खुट्टाको घुँडामा चोट लागेको छ भने उनकी श्रीमतिको टाउको र दुवै खुट्टामा भित्री चोट लागेको प्रहरीले जनाएको छ । उनीहरुलाई भिमानमा रहेको पोलिक्लिनिकमा उपचारपछि थप उपचारका लागि बर्दिबास लगिएको थियो ।
ट्रक, ट्रक चालक सहिदभूमि नगरपालिका ४ धनकुटाका दिपेन दमाई र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाईकलले ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाईकल ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो ।




















