सिन्धुली । सिन्धुली कारागारबाट बुधबार भागेका २ सय १२ कैदीबन्दी पक्राउ परेका छन । शुक्रबार साँझसम्म २८ जना महिला र १ सय ८४ जना कैदीबन्दी कारागार ल्याईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बुधबार सिन्धुली कारागारका ४ सय ७३ कैदी कारागार बाहिर गएका थिए । उनीहरुले कारागार तोडफोड र आगजनी गरेपछि प्रशासनले उनीहरुलाई छोड्न बाध्य भएको थियो ।
यस्तै अन्य कारागारबाट भागेका १२ जना कैदी बन्दी सिन्धुलीमा पक्राउ गरि सिन्धुली कारागारमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन ।
यस्तै अन्य कारागारबाट सरुवा गरेका ६ जना कैदीबन्दी समेत कारागारमा ल्याएर राखिएको सुबेदीले जनाएका छन ।





















