सिन्धुली । सिन्धुलीका तीन राजनीतिक दलले शान्ति, सद्भाव र संयमता कायम गर्न सिन्धुलीबासी, आन्दोलनरत पक्ष र सुरक्षा निकायलाई अपिल गरेका छन ।
बिहिबार तीन दलका शिर्ष नेताहरुको सिन्धुलीमाढीमा बसेको बैठकपछि प्रेस विज्ञप्ती जारी गर्दै सिन्धुलीबासीमा यस्तो अपिल गरेका हुन ।
उनीहरुले पछिल्लो जेनजी आन्दोलन र त्यसबाट उत्पन्न विषम परिस्थितिमा आन्दोलनरत पक्ष तथा नागरिकहरुलाई जिम्मेवार भई शान्ति, सद्भाव र संयमता कामय गर्न आग्रह गरेको हो ।
नेकपा एमाले सिन्धुली, नेपाली कांग्रेस सिन्धुली र नेकपा माओवादी केन्द्र सिन्धुलीले संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई जनताले अनुभूति गर्ने गरि शान्ति सुरक्षाको प्रत्याभूति गराउन अनुरोध गरेका छन ।
उनीहरुले संविधानको मर्म, भावना र प्रस्तावनालाई मुख्य ध्यानमा राखि सरकार पक्ष र जेनजी मुलुकको रक्षार्थ संवेदनशिल हुन अनुरोध गरेका छन ।
विज्ञप्तीमा नेकपा एमालेका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, नेपाली कांग्रेसका सभापति उपेन्द्रकुमार पोखरेल र नेकपा माओवादी केन्द्रका दिर्घराज श्रेष्ठले हस्ताक्षर गरेका छन ।





















