सिन्धुली । लेखा समूह सिन्धुलीले दुधौलीमा रहेको कमलाखोंच बालगृहलाई डिस्पेन्सर तथा खाद्यान्न वितरण गरेको छ । निजामती सेवा दिवसको अवसरमा बुधबार लेखा समूहले बालगृहमा पुगेर वाटर डिस्पेन्सर र खाद्यान्न उपलब्ध गराएको हो ।
लेखा समिति सिन्धुलीका अध्यक्ष पदम बहादुर मगरको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको प्रमुख आतिथ्यतमा औपचारिक कार्यक्रम गर्दै उक्त सामग्री वितरण गरिएको लेखा समूह सिन्धुलीका अध्यक्ष पदम मगरले बताएका छन ।
लेखा समूहका सचिव डिल्ली सौगात घिमिरेका अनुसार बालगृहलाई दाल, चामल लगाएतका खाद्यान्न सहित २१ हजार बराबरको सामान बालगृहलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुकुमाया तामाङ, दुधौली नगरपालिकाका कार्यवाहक मेयर चन्द्रकिशोर थारु, प्रमुख कोष नियन्त्रक हरिहर शर्मा तिवारी, दुधौलीका प्रमुख प्रशासकीय अधिकृत दिनेश पन्त, लेखा समूहका पदाधिकारी, सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो । उक्त बालगृहमा १३ जना बालबालिकाहरु आश्रित रहेका छन ।





















