सिन्धुली । बागमति प्रदेशका कृषी तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलले कमलामाई नगरपालिका वडा नं. ५ मा रहेको जिल्लाकै सवैभन्दा ठूलो दुध डेरी कोशेली डेरी उद्योगको अनुगमन गरेका छन् ।
उद्योगको अनुगमनका क्रममा मन्त्री पौडेलले भौतिक अवस्था, दुध संकलनको क्षेत्र, किसानको आवद्धता, उद्योगको समस्या लगायतका विषयमा जानकारी लिएका थिए । मन्त्री पौडेललाई उद्योगकी सञ्चालक बिमला काफ्लेले उद्योगमा आउने दुध सवै सहकारी मार्फत आउने गरेको र एक हजार भन्दा धेरै किसानको दुध उद्योगमा आउने गरेको बताईन ।
यसैगरी जिल्ला दुध उत्पादक सहकारी संघका अध्यक्ष नवराज गजुरेलले जिल्लामा दुग्ध सहकारीको समस्या, विभिन्न आधुनिक प्रविधिमा आधारित मेसिनरी औजारहरुकोे अभाव लगायतको विषयमा जानकारी गराउँदै त्यस्ता उपकरण सरकारी अनुदानमा उपलव्ध गराउन मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
उद्योगको अनुगमन तथा जिल्ला संघका अध्यक्षसँगको कुराकानीपछि मन्त्री पौडेलले बागमती प्रदेशको तर्फबाट किसानका लागि आवश्यक सहयोग गर्ने साथै उद्योगको स्तरउन्नतीमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।





















