सिन्धुली । स्वर्णिय भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिन्धुलीले संस्थाको वार्षिक साधारणसभाको अवसरमा तीन जना जेष्ठ नागरिक बचतकर्तालाई सम्मान गरेको छ ।
शुक्रबार सिन्धुलीमाढीमा सम्पन्न १७ औं बार्षिक साधारणसभामा जेष्ठ नागरिकहरु बालकुमारी श्रेष्ठ, भक्तकुमारी श्रेष्ठ र सन्तमाया श्रेष्ठलाई सम्मान गरेको हो । कार्यक्रममा आर्थिक वर्ष २०८१÷८२ मा नियमित कारोबार गर्ने महिलातर्फ निरमाया बस्नेत र पुरुषतर्फ कमलबहादुर श्रेष्ठ सम्मानित भएका छन् । उत्कृष्ट कारोबारतर्फ दिलमाया मगर र राजु किशन जैसवाल सम्मानित भएका छन् । बाल बचततर्फ नियमित कारोबार गर्ने आलिया पुलानी मगर र अनमोल लामा सम्मानित भएका छन् ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी, पूर्व कर्मचारीलाई नै सम्मानित गरिएको थियो । पूर्व सञ्चालकबाट बालकुमारी श्रेष्ठ सम्मानित भएकी छिन् भने उत्कृष्ट कर्मचारीहरूमा सुभद्रा राई सम्मानित भएकी छिन् । त्यस्तै पूर्व कर्मचारीमा शिलाकुमारी श्रेष्ठ र तुलसा दाहाल सम्मानित भएका छन् ।
कार्यक्रममा सुनिता कर्मचारी र संचार क्षेत्रबाट रेडियो सिद्धबाबाका अध्यक्ष टिकाजंग थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित सबैलाई प्रमाणपत्र र खादा मार्फत सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष कृष्णबहादुर श्रेष्ठको अध्यक्षता एवम् कमलामाई नगरपालिकाको उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा स्वणिर्य भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक मोहन श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन एवम् संस्थाका महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत गर्नुका साथै चालु आर्थिक वर्षको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत योजना अनुसार भावी अनुमानित योजनामा शेयर सदस्यता विस्तार, बचत संकलन विस्तार, ऋण असुली र परिचालन, भवन निर्माण, सहकारी शिक्षा कार्यक्रम सञ्चालन, सहकारी दिवस मनाउने, मासिक लेखा परिक्षण, सार्वजनिक सदस्य हितको बचत र सदस्य राहत कार्यक्रमहरू प्राथमिकतामा रहेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले सहकारी संस्था आफ्नै नीतिमा चल्ने र आफ्नै नीति नियम र मापदण्ड भएको सामुहिक संस्था रहेको बताईन । उनले सहकारी समृद्धिको आधार रहेको बताइन् ।
उनले सहकारीलाई अनुशासित मर्यादित र व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै कमलामाई नगरपालिकाले सक्दो प्रयास गरिरहेको उल्लेख गरिन ।
कमलामाई नगरपालिकाका सहकारी शाखा प्रमुख मुकेश तामाङले सहकारी संस्थाहरूको जिम्मेवारी, सुशासन सहकारी गतिविधि, निक्षेकर्ताको सुरक्षाको रेखदेख गर्ने जिम्मेवारी स्थानीय तहको भएको बताए ।
कार्यक्रममा कमलामाई नगरपालिकाका सहकारी शाखा प्रमुख मुकेश तामाङ, मिलीजुली सहकारी संस्थाका अध्यक्ष उज्जवल ढकाल, राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बद्रीनारायण श्रेष्ठ, सिन्धुली उद्योग वाणिज्य संघका उप महासचिव नेत्रजंग थापा, जिल्ला सहकारी संघका महासचिव अशोक श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।





















