• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, April 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

किसानको आवश्यकता अनुसार नीति बनाउन कृषि मन्त्री पौडेलको आग्रह

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ १३, २०८२
in Featured, News, Province 3
0

Share via:

9 Shares
  • Facebook 9
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्री मधुसुदन पौडेललाई किसानको आवश्यकतालाई पहिचान गरि कृषि नीति तय गर्न स्थानीय तहहरुलाई आग्रह गरेका छन । कृषि विकास कार्यालय सिन्धुलीले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न भएका कार्यक्रमहरुको समिक्षा तथा चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमहरुको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्थानीय तहलाई नीति तथा कानुन बनाउने अधिकार रहेको बताउँदै स्थानीय किसानहरुलाई आवश्यक पर्ने मल, विउविजन, कृषि औजार लगाएतको आवश्यकता परिपूर्ति गर्ने गरि नीति बनाउन प्रदेश भरीका स्थानीय तहलाई आग्रह गरेका हुन ।

उनले सरकारले एक निर्वाचन क्षेत्र एक प्रांगारिक मल कारखाना स्थापनाको नीति यथावत राखेको बताउँदै छिट्टै उक्त कार्यक्रम कार्यान्वयनमा आउने समेत बताए । उनले सिंचाईको समस्या, विउविजनको समस्या, बजारीकरणको समस्या हल गर्न मन्त्रालय सधै तयार रहेको बताए ।

कार्यक्रममा उठेका सवालको जवाफ दिने क्रममा पौडेलले स्थानीय तहमा मलको आवश्यकता र केन्द्रबाट प्राप्त हुने मलको कोटामा धेरै ठूलो अन्तर रहेको बताएका छन । उनले जग्गाको वर्गिकरण गर्दा खेतियोग्य जमिन कम राखेकाले पनि मलको आपूर्तिमा समस्या सृजना भएको बताए ।

पौडेलले सबै स्थानीय तहलाई जग्गाको वर्गिकरण गरेर वास्तविक आवश्यकता कति हो पहिचान गर्न समेत आग्रह गरेका छन । जग्गाको वर्गिकरण गरेर कुन स्थानीय तहमा युरिया, डिएपी मलको वास्तविक आवश्यकता कति हो ? लेखेर पठाउन समेत उनले आग्रह गरेका छन । उनले भने, ‘वास्तविक आवश्यकता पहिचान गरेर पठाउनुस, हरेक वर्ष मल चाहियो भनेर हाहाकारको अवस्था रहनु भएन’, उनले थपे, ‘हामीले केन्द्रीय सरकारसँग तपाईहरुको माग पठाउँछौं ।’ उनले प्रदेश सरकारले मल उपलब्ध गराउन नसक्ने तर कोटा निर्धारण गरि माग गर्न सक्ने समेत स्पष्ट गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको अध्यक्षतमा भएको कार्यक्रममा पूर्व उद्योगमन्त्री सुकुमाया तामाङले कृषिमा नीतिगत सुधार प्रवृतिगत सुधार आवश्यक रहेको बताईन । उनले कार्यक्रम गरेपछि प्रतिफलको लेखाजोखा नगर्ने प्रवृति रहेको बताईन । कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरु मातृका भट्टराई, रामकुमार पहाडी, क्षेत्रबहादुर बम्जन, जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्की, फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले कृषिमा नीतिगत सुधार, मलको समस्या, कृषि उद्योगहरुको स्थापना, किसानलाई बैंकको सहुलियत ऋण उपलब्धता लगाएतका विषयहरु उठाएका थिए ।

कार्यक्रममा कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले कार्यालयबाट गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रम र प्रगति विववरण, चालु आर्थिक वर्षका नीति तथा कार्यक्रमहरुका बारेमा प्रस्तुतिकरण गरेका थिए भने कृषि प्रसार अधिकृत उमा श्रेष्ठले कार्यक्रममा स्वागत गरेकी थिईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुली निर्माण व्यवसायी संघ सिन्धुलीको अध्यक्षमा दाहाल निर्वाचित

Next Post

खुर्कोटमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि ध्यानाकर्षण

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied