
धेरैपछि आज तिमी जन्म घरमा आकी छौ अरे
पहिला दुब्ली थियौ अहिले मोटी भाकी छौ अरे
तिमी बिना जिउँदो लास हुन्छु भन्थेउ पहिले
त्यो सिउँदोमा अर्का कै सिन्दुर लाकी छौ अरे
मलाई छाडी खुशी खोज्न गएकी थियौ तिमी
अचेल दिनै राती आँसुको मूल खाकी छौ अरे
खोई के हो मेरै यादले हरेक पल सताएर होकी
छोराको नाम पनि तिमीले युवराज राखी छौ अरे
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















