सिन्धुली । ट्यावलेट : गत असार १२ गते कमलामाई नगरपालिका वडा नं. ९ भिमान चेकपोष्टबाट प्रहरीले ठूलो परिणाममा ट्यावलेट बरामद ग¥यो । जुन परिणाम गत आर्थिक वर्षको सबैभन्दा ठूलो लागु औषध परिणाम हो । ट्यावलेट सहित बर्दिवासबाट काठमाण्डौतर्फ जाँदै गरेको म.प्र.०४–००१ ज.०१५५ नम्बरको इभि.हायस गाडीमा सवार सर्लाही बरहथवा न.पा.वडा न. ७ का ३० वर्षिय बिक्रम चौधरीलाई लागु औषध ओसार पसार गरेको आरोपमा प्रहरीले पक्राउ ग¥यो । उनको साथबाट नाईट्राभेट १० ट्यावलेट ९६ पत्ता अर्थात २ हजार ८ सय ८० पिस र गाडीको छतमा निजको सामान भएको जुटको बोरा कार्टुन र कालो रंगको प्लाष्टिकभित्र लुकाई छिपाई राखेको अवस्थामा र २९ हजार वटा ट्रमाडोल हाईड्रोलिक क्याप्सुल बरामद ग¥यो । विक्रम चौधरी विरुद्ध लागु औषध ओसार पसारमा अनुसन्धान भईरहेको छ ।
गाँजा : वि.सं. २०८१ मंसिर ८ गते प्रहरीले विपी राजमार्ग अन्तर्गत भिमान चेकपोष्टबाट पिकअप भ्यानमा बर्दिवासतर्फ लाँदै गरेको १८५ किलो गाँजा बरामद ग¥यो । चितवनबाट बर्दिवासतर्फ जाँदै गरेको भरतपुर माहानगरपालिका वडा नं. ६ बस्ने वर्ष ३९ को शेर बहादुर लामाले चलाएको बागमती प्रदेश ०३–००१ च २२८० नम्बरको पिकअप गाडीको पछाडीको ढालाको स्वरुप परिवर्तन गरि सो भित्र चारपाटे ईटा आकारमा रातो रङको प्लाष्टिक, टेप र डोरीको प्रयोग गरी बाँधी प्याकिङग गरी लुकाई छिपाई राखेको अवस्थामा १५ पोका लागू औषध गाँजा बरामद गरेको थियो । उक्त मुद्दामा अनुसन्धान पश्चात् अदालतमा पेश भएकोमा सिन्धुली जिल्ला अदालतले लामालाई पुर्पक्षका लागि कारागार पठाएको छ ।
गत जेठ १६ गते हरिहरपुरगढी गाउँपालिका वडा नं. २ झनझनेमा प्रहरीले १०५ दशमलब ५७ किलो गाँजा बरामद ग¥यो । नियमित सवारी साधन चेकजाँच गर्ने क्रममा कुलेखानीबाट सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश२–०३–००१च.५६७१ नम्बरको योद्धा गाडीमा सिमेन्टको बोराहरुको बीचमा लुकाई ल्याएको रातो र खैरो प्लाष्टिकका ७ वटा पोकाहरुमा ल्याएको गाँजा बरामद गरेको हो । प्रहरीले गाँजा सहित गाडीका चालक गरुडा नगरपालिका वडा नं. ४ को १९ वर्षिय गोपाल साहलाई समेत पक्राउ ग¥यो । उक्त मुद्दा हाल प्रहरी अनुसन्धानमै रहेको छ ।
खैरो हिरोईन : २०८१ चैत १९ प्रहरीले रसुवाको कालिका गाउँपालिका वडा न. ५ का ३३ वर्षिय सुवास वर्देवाको झोला चेकजाँच गर्दा प्रहरीले झोला भित्र रहेको चस्मा राख्ने कालो रंगको बट्टामा २ वटा सेतो प्लाष्टिकमा लागु औषध (खैरो हिरोईन) ९६.९१ ग्राम र कालो एकवटा प्लाष्टिकमा ५.९४० ग्राम गरि १०२ दशमलब ८५० ग्राम लागु औषध बरामत ग¥यो । प्रहरीले झोला भित्र रहेको बाईस हजार नगद, ३ वटा सुनको बिल, ३ वटा मोवाईल समेत फेला पा¥यो । प्रहरीले बर्देवा विरुद्ध लागु औषध ओसारपसारको मुद्दा चलायो । अहिले उनी पुर्पक्षका लागि सिन्धुली कारागारमा रहेका छन ।
गत फागुन १७ गते कमलामाई नगरपालिका वडा नं. ९ भिमान प्रहरी चेकपोष्टमा प्रहरीले काँकरभिट्टाबाट काठमाण्डौ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६१६७ नम्बरको हायसमा सवार रहेका झापा कचनकवल गाउँपालिका वडा नं. ५ का ४५ को अवसार आलमलाई खैरो हिरोईन सहित पक्राउ ग¥यो । उनले ल्याउँदै गरेको ९९ दशमलब ८६० ग्राम खैरो हिरोईन बरामद भयो । आलम अहिले सिन्धुली जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन ।
गत आर्थिक वर्षको असार २८ गते प्रहरीले खैरो हिरोईन बरामदमा अर्को सफलता प्राप्त ग¥यो । विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका वडा नं.९ भिमान चेकपोष्टमा चेकजाँचका क्रममा प्रहरीले विराटनगरबाट काठमाण्डौतर्फ जाँदै गरेको बा४ख ५०७५ नम्बरको हायसमा यात्रा गरेका रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ४ का ४७ वर्षिय भगवान दास लोनियाको पछाडी भिर्ने कालो झोलाभित्र सेतो प्लाष्टिकमा पोका पारी ल्याएको ९५ दशमलब ०५० ग्राम खैरो हिरोईन र ५६ हजार नगद बरामद ग¥यो । लोनियालाई पक्राउ गरियो । उक्त मुद्दा अनुसन्धानमा रहेको छ ।
यी केहि प्रतिनिधिमूलक घटना हुन । सिन्धुलीमा लागु औषधको कारोवार र ओसारपसार अत्यधिक बढेको छ । मदनभण्डारी राजमार्ग, विपी राजमार्ग र मध्यपहाडी राजमार्गको पहुँचसँगै लागु औषधको कारोवारको ट्रान्जिट प्वाईन्टका रुपमा जिल्ला विकास भईरहेको छ । प्रहरीका अनुसार लागु औषध ओसार पसारमा सडक मात्र प्रयोग भएका छैनन । कारोबारमा जिल्लाबासी समेत संलग्न हुन थालेका छन । जिल्लामा लागु औषध प्रयोगकर्ताहरु समेत बढेका छन । तथापी के कति दरमा यो संख्या बढेको छ भन्ने एकीन तथ्यांक भने छैन । यस्तै लागु औषध ओसारपसारमा ट्यावलेट र खैरो हिरोईनको कारोवार र ओसारपसार बढीरहेको भएको प्रहरीको तथ्यांकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार जिल्लामा आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा ट्यावलेट र खैरो हिरोईनको कारोबार बढेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ८ हजार ७ सय ४२ पिस ट्यावलेट बरामद गरेकोमा आर्थिक वर्ष २०८१/०८२ मा ३१ हजार ९१० ट्यावलेट बरामद गरिएको सुवेदीले जानकारी दिएका छन ।
यस्तै आर्थिक वर्ष २०८०/०८१ मा प्रहरीले खैरो हिरोईन ६८ दशमलब ४२९ ग्राम बरामद गरेकोमा आर्थिक वर्ष २०८१/०८२ मा त्यसको परिणाम ह्वात्तै बढेर ३८४ दशमलब २३३ ग्राम बरामद गरेको छ । यसले लागु औषधको कारोबार अत्यधिक बढेको र ट्यावलेट र खैरो हिरोईन ओसारपसारमा सजिलो रहेको देखाएको छ ।
यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ८ सय ७८ किलो गाँजा बरामद गरेको प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा ६ सय ९४ किलो गाँजा बरामद गरेको छ । त्यस्तै झोल पदार्थको कारोबार पनि जिल्लामा घटेको देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ७ सय ५५ बोत्तल झोल पदार्थ बरामद गरेको प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा ९४ बोत्तल बरामद गरेको छ ।
यस्तै आर्थिक वर्ष २०८१/०८२ मा आर्थिक वर्ष २०८०/०८१ को तुलनामा लागुऔषध सम्बन्धि मुद्दामा समेत बढोत्तरी भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले २५ वटा लागु औषधको मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०८१/०८२ मा ४६ वटा मुद्दा दर्ता गरेको छ ।
मुद्दाको संख्या बढेसँगै मुद्दामा संलग्न व्यक्तिको समेत संख्या बढेको छ । आर्थिक वर्ष आर्थिक वर्ष २०८०/०८१ मा प्रहरीले ४२ जना विरुद्ध लागु औषध ओसारपसारको मुद्दा चलाएकोमा प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा ९९ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
यस्तै जिल्लाका तीनवटा मुख्य सडकमा सवारी चलाउने सवारी साधनहरुको लागु पदार्थ सेवन चेकजाँच समेत प्रहरीले सुरु गरेको छ । जिल्लाका विभिन्न ठाउँमा गरिएको चेकजाँचमा ३६ जनालाई प्रहरीले मुद्दा समेत चलाएको छ । प्रहरीले एकवर्षमा ७ पटक गरेको चेकजाँचमा ४ सय १ जनाको लागु पदार्थ सेवन चेक गरिएको थियो ।
लागु औषध ओसार पसारमा विभिन्न फरक फरक शैली अपनाएको देखिएको डिएसपी सुवेदीले बताएका छन । भित्री बस्त्र, सिमेन्टका गाडी, गाडीको स्वरुप परिवर्तन, चस्माको झोलाको प्रयोग जस्ता फरक फरक विधिको प्रयोग भएको पनि उनले बताए ।




















