सिन्धुली । मरिण गााउँपलिकाले चालु आर्थिक वर्षको खर्च विवरण सार्वजनिक गरेको छ । असार २५ गतेसम्मको खर्च विवरणलाई तुलना गरि गाउँपालिकाले आर्थिक वर्षको खर्च विवरण सार्वजनिक गरेको हो ।
चालु आार्थिक वर्ष २०८१/८२ को कारोबारहरुको भुक्तानी कार्य निर्धारित समयमै सकिएको पनि गाउँपालिकाले जनाएको छ । आार्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाको कुल बजेटको ८१ दशमलब २५ प्रतिशत रकम खर्च भएको गाउँपालिकाले वित्तिय प्रगति विवरण प्रकाशित गरेर जानकारी गराएको छ ।
गाउँपालिकाले चालुतर्फ ८४ दशमलब ४१ प्रतिशत र पूँजिगततर्फ ७६ दशमलब ८४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । वार्षिक कार्यक्रम तथा योजनाको निर्धारित समयमा कार्यालयमा पेश हुन आएको सम्पूर्ण कारोबारहरुको भुक्तानी कार्य निर्धारित समय भित्र सकिएको गााउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास र सहायक लेखा अधिकृत प्रवेश धितालले वित्तिय प्रगति विवरण प्रकाशित गरि जानकारी गराएका हुन ।





















