सिन्धुली । गत फागुन ५ गतेदेखि १३ सम्म सिन्धुलीमाढीमा सञ्चालित १३ औं राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव २०८१ घाटामा गएको छ । जिल्ला खेलकुद विकास समिति सिन्धुलीले बुधबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरि खेलकुद महोत्सव घाटामा गएको जनाएको हो ।
पत्रकार सम्मेलन गरि आय व्यय विवरण सार्वजनिक गर्दै महोत्सवमा तीन लाख ३१ हजार ९ सय ७९ रुपैंया घाटा भएको समितिका अध्यक्ष वीर बहादुर थिङ तामाङले (बिशाल) ले जनाएका छन । महोत्सवमा २८ लाख ७९ हजार १ सय ७९ खर्च भएको उनले बताए । हालसम्म २५ लाख ४७ हजार २ सय रुपैँया मात्र सहयोग प्राप्त भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
जिल्लाका ९ वटा स्थानीय तहमा ६ वटा स्थानीय तहले सहयोग गरेको उनले जानकारी दिएका छन । जसमा तीनपाटन गााउँपालिकाले दुई लाख, कमलामाई नगररपालिकाले तीन लाख, दुधौली नगरपालिकाले दुई लाख, सुनकोशी गााउँपालिकाले दुई लाख, फिक्कल गााउँपालिकाले दुई लाख, घ्याङ्लेख गााउँपालिकाले पचास हजार, प्लान इन्टरनेश्नल नेपाल, जेएसडिपी र ह्याण्डस नेपालले एक लाख सहयोग गरेको समेत उनले जानकारी दिए ।
त्यस्तै वल्डभिजन, सिड्स नेपाल र रिलिफ नेपालले एक लाख, मारुती सिमेन्टले पचास हजार, एमआईटि एजुकेशन सेन्टरले पचास हजार, एनसेलले पचास हजार र बाग्मती प्रदेश खेलकुद विकास परिषदले चार लाख रुपैंया सहयोग गरेको तामाङले बताए ।
यस्तै खर्चतर्फ शिल्ड मेडल तथा प्रमाण पत्रमा ३ लाख ३८ हजार ९ सय २०, हाफ क्याट्रिन ग्याँस सहित १ लाख ७० हजार ६४, अफिसियन, निर्णायक ट्रयाकसुट सेट १ लाख ५३ हजार ६ सय ८०, विभिन्न बोर्ड, ब्यानर,सम्मान पत्र, मायाको चिनो तथा प्रचार सामग्री र मूल गेट निर्माण खर्चमा २ लाख ७७ हजार, साउण्ड सिस्टम ५५ हजार, खाद्यान्न तथा मसलन्द खर्च ५ लाख २१ हजार ८ सय ७०, पानी १८ हजार, खेल सामग्री खरिद १ लाख पचास हजार, स्वयंसेवक पारिश्रमिक १ लाख ७८ हजार ६ सय, रेफ्री, निर्णायक तथा अफिसियल पारिश्रमिक र यातायात खर्च कर सहित ५ लाख १३ हजार ९ सय ६०, खादा, माला र ब्याच ४० हजार खर्च भएको छ ।
त्यस्तै अतिथि सत्कारमा ७० हजार, चुना तथा डोरी २९ हजार ५ सय ३५, मासु खरिद १ लाख ४१ हजार ३ सय, प्रचार प्रसार गाडी भन्दा सहित ८० हजार र अन्य व्यवस्थापन खर्चमा ८० हजार खर्च भएको पत्रकार सम्मेलनमा तामाङले जानकारी दिए ।





















