सिन्धुली । कमलामाई नगरपालिका–२ पौवागढीमा एक पुरुषको शव फेला परेको छ । विपी राजमार्ग नजिकै सडकबाट करिब २५ फिट मंगलबार दिउँसो शव भेटिएको हो । उक्त शव कमलामाई नगरपालिका वडा नं. ११ कुलोखोलाका ३२ वर्षिय प्रदीप राज थापाको रहेको प्रहरीले जनाएको छ ।
एक पुरुषको शव सडकबाट तल खसेको अवस्थामा भेटिएको भन्ने खबर प्राप्त भए लगत्तै प्रहरी चौकी गढी र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली घटनास्थल पुगेको थियो ।
उक्त शव असार १९ गतेदेखि हराएका थापाको भएको उनका छिमेकी रमेश आलेले पहिचान गरेका छन । उनी प्रहरीको खोजी सूचिमा रहेका थिए ।
खोजीका लागि इलाका प्रहरी कार्यालय भिमानमा निवेदन परेको र जिल्ला प्रहरी कार्यालय सिन्धुलीले समेत खोजी गरिरहेको प्रहरी नायव उपरिक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।




















