सिन्धुली । नौ दिनदेखि हराएका दुधौली नगरपालिका ९ का एक वृद्ध मृत भेटिएका छन । मंगलबार दिउँसो दुधौली नगरपालिकाको वडा नं. ९ दुधौली बजारमा रहेको हनुमान मन्दिर परिसरमा ६४ वर्षिय किसुन कुमर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कुमर मानसिक स्वास्थ्यका विरामी रहेको र घरमा कसैलाई नभनि हिंडेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । कुमर जेठ १८ गते घरबाट निस्केको परिवारले जनाएको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला



















