सिन्धुली । प्रहरीले हरिहरपुरगढीबाट एक सय सात किलो लागु औषध गाँजा बरामद गरेको छ ।
शुक्रबार विहान ४ बजे कुलेखानीबाट सिन्धुलीतर्फ आउँदै गरेको पिकअप बोलेरोमा ल्याईएको गाँजा प्रहरीले हरिहरपुरगढी २ झनझनेबाट गाँजा बरामद गरेको हो ।
प्रहरीले गाँजा सहित प्र२–०३–००१च५६७१ नम्बरको बोलेरो, बोलेरोका चालक रौतहटको गरुडा नगरपालिका वडा नं.४ का १९ वर्षिय गोपाल शाहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले सिमेन्टको बोरामा गाडीमा हालेर लाँदै गरेको ७ पोका गाँजा बरामद गरिएको जानकारी दिएको छ । घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।





















